फ्रिडमको मिश्रित प्रदर्शन
फ्रिडमले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको पहिलो दिन बिहीबार मिश्रित प्रदर्शन गरेको छ । चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा फ्रिडम ‘ए’ ले खान भाइ खलकलाई ४–० गोलले हरायो ।
यूएई विश्वकपमा छनोट
युनाइटेड अरव इमिरेट्स (यूएई) आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । मलेसिायमा भएको एसिया छनोटको अन्तिम खेलमा बिहीबार थाइल्यान्डलाई ६ विकेटले हराउँदै यूएईले विश्वकपमा स्थान बनाएको हो ।
आईसीसी विश्वकप लिग–२ : नेपाल आज ओमानसँग भिड्दै
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा बेलुका ९ः१५ बजे सुरु हुने खेलमा नेपाल ओमानविरुद्ध सुखद नजिता निकाल्ने अभियानमा छ ।
मलेसियामाथि नेपालको सानदार जित
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ । युकेएम ओभल मैदानमा बिहीबरा बिहान भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हरायो ।
एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित
एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो ।
स्टेन्डिङ क्रिकेट शुक्रबारदेखि
नेपाल ह्वीलचेयर क्रिकेट संघको आयोजनामा टी–२० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) सिरिज शुक्रबारदेखि सुरु हुने भएको छ ।
नीमा र दीपक वर्ल्ड गेम्समा
नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वर्ल्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्नुहुने भएको छ । अमेरिकाको ब्रमिङ्घमको अलाबामामा जुलाई ७ देखि १७ तारिखसम्म आयोजना हुने यस प्रतियोगितामा नेपालबाट नीमा र दीपकलाई सहभागि गराईन लागेको नेपाल उसु संघ महासंघले जनाएको छ ।
भ्याली पब्लिक र इबीएको जित
भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबीए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् । भ्याली पब्लिकले गोल्डेनपिकलाई १६–१४ ले पराजित ग¥यो ।
क्यानद्वारा टी–२० लिग गभर्निङ काउन्सिल गठन
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग सञ्चालनका लागि गभर्निङ काउन्सिल गठन गरेको छ । क्यानले बुधबार कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको नेतृत्वमा काउन्सिल गठन गरेको हो ।