• ७ जेठ २०८१, सोमबार

स्टेन्डिङ क्रिकेट शुक्रबारदेखि

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ २५ गते । नेपाल ह्वीलचेयर क्रिकेट संघको आयोजनामा टी–२० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) सिरिज शुक्रबारदेखि सुरु हुने भएको छ । तीन खेलको सिरिज जेठ ३० गतेसम्म मुलपानी क्रिकेट मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष छुल्टिम शेर्पाले जानकारी दिनुभयो ।

सिरिजमा नेपाल र भारतबीच तीन खेल हुनेछ । प्रतियोगितालाई  गरिमा बैंक, एसबीआई बैंक, फ्रिडम कार्गो, सगरमाथा मल्टिपल कलेज, बोधीसत्व बिहारलगायतले सहयोग गरेका छन् ।