• ७ जेठ २०८१, सोमबार

मलेसियामाथि नेपालको सानदार जित

blog

मलेसियासँगको खेलपछि नेपाली टोली । तस्बिर सौजन्य : क्यान

काठमाडौं, जेठ २६ गते । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ । युकेएम ओभल मैदानमा बिहीबरा बिहान भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हरायो ।

यद्यपी नेपाल यसअघिनै छनोटबाट बाहिरि सकेको छ । नेपालले दिएको ८७ रनको विजय लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रनमा समेटिएको थियो । मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन बनाउनुभयो । अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङमा नेपालकी कृतिका मरासिनीले दुई तथा मनिषा कुमारी उपाध्यायले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेटको क्षतिमा ८६ रन बनाएको थियो । 

नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाउनुभयो । आश्मा पुलामी मगरले २६ रन बजोड्नुभयो । सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान तीन तीन रन बनाउनुभयो । मलेसियाकी नुर सामेदले दुई विकेट लिनुभयो । एलिस हुन्तरले एक विकेट झार्नुभएको थियो ।

जितसँगै पाँच खेलबाट ६ अंक बनाएको नेपालले समूहमा तेस्रो बन्दै खेल सकायो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा भने नेपाल यूएईसँग ८ रनमा अलआउट भएको थियो । नेपाल उक्त खेलमा १० विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा भुटानलाई चार विकेटले हराएको थियो । चौथो खेलमा नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो । 

छनोट खेलमामा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार सहभागि छन् । यूएई आठ अंक जोडेर शीर्ष स्थानमा छ । समान आठ अंक बनाएको थाइल्यान्ड रन रेटका आधारमा दोस्रो स्थानमा छ । यी दुई टोलीबीच आजै प्रतिस्पर्धा हुँदैछ ।

समूहको शीर्ष टोली आगमी बर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ महिला विश्वकपमा छनोट हुनेछ । आईसीसीले पहिलो पटक यू–१९ महिला विश्वकप आयोजना गर्न लागेको हो । विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ ।