• ७ जेठ २०८१, सोमबार

नीमा र दीपक वर्ल्ड गेम्समा

blog

१२औं सागमा प्रतिस्पर्धा गर्दै नीमा घर्तीमगर । फाइल तस्बिर

काठमाडौं, जेठ २५ गते । नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वर्ल्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्नुहुने भएको छ । अमेरिकाको ब्रमिङ्घमको अलाबामामा जुलाई ७ देखि १७ तारिखसम्म आयोजना हुने यस प्रतियोगितामा नेपालबाट नीमा र दीपकलाई सहभागि गराईन लागेको नेपाल उसु संघ महासंघले जनाएको छ । 

नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नीमा र दीपक आयोजकबाटै छनोट भएको पनि महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिनुभयो । ‘वर्ल्ड गेम्समा दक्षिण एसियाबाट नेपाल र भारत मात्रै छनोट भएका छन् । उसुमा भारतले एउटा कोटा पाउँदा नेपालले दुई वटा कोटा पाएको छ । यो हाम्रा लागि गौरवको विषय हो,’ लामाले भन्नुभयो । 

भारतमा भएको १२औं सागकी स्वर्ण विजेता नीमाले १४औं तथा १५औं उसु वर्ल्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाउनुभएको थियो । यसैगरी उहाँले एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा कांस्य र आईडब्लूयूएफ थाउलो भर्चुअल च्याम्पियनसिप २०२१ मा रजत पदक जित्नुभएको थियो । 

दीपकले १४औं तथा १५औं उसु वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँ प्रतियोगितामा सहभागी ५६ देशका खेलाडीमध्ये उत्कृष्ट नवौंमा पर्नुभएको थियो । दीपकले एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ कांस्य पदक जित्नु भएको थियो । नीमा र दीपक दुवै थाउलोका खेलाडी हुनुहुन्छ । वर्ल्ड गेम्समा नीमाले नानकुन नानदाउ अलराउान्ड र दीपकले नानकुन नानगुन अलराउन्डमा प्रतिस्पर्धा गर्नुहुनेछ । नीमाको समूहमा पाँच र दीपकको समूहमा सात जना खेलाडी छन् ।