• ७ जेठ २०८१, सोमबार

भ्याली पब्लिक र इबीएको जित

blog

अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौं, जेठ २५ गते । भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबीए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् । भ्याली पब्लिकले गोल्डेनपिकलाई १६–१४ ले पराजित ग¥यो । 

भ्याली पब्लिकको जितमा विशाल परियारले ८ अंक योगदान गर्नुभयो । निखिल शाहीको ६ अंक सहयोगमा इबीएले स्काइलार्कलाई १४–५ ले हरायो । सिनियर ब्वाइजमा एचएचसीए, गोल्डेनपिक, ग्रिनल्यान्ड र नेपाल मोडेलले जित निकाले ।

एचएचसीएले इबीएलाई ३२–१४ ले पन्छायो । एचएचसीएका विक्रम तामाङले ६ अंक जोड्नुभयो । गोल्डेनपिकले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ३६–३१ ले निराश पा¥यो । गोल्डेनपिकका दिनेश रपालले २२ स्कोर गर्नुभयो । 

ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि ३९–३४ को जित दर्ता ग¥यो । ग्रिनल्यान्डका निम्ति दिवश भुजेलले ११ अंक बटुल्नुभयो । नेपाल मोडेलले हिमरश्मीलाई २२–१९ ले पाखा लगायो । विजेताका सतिश श्रेष्ठले २० अंक जोड्नुभयो । सिनियर गल्र्समा आयोजक बीएनए विरुद्धको खेलमा भ्याली पब्लिक २७–२ ले विजयी भयो । भ्याली पब्लिककी लोरिशा गौचनले सर्वाधिक १६ स्कोर गर्नुभयो ।