• १५ चैत २०८०, बिहिबार

स्वयंसेवक प्रशिक्षकलाई तालिम

blog

तालिमा सहभागी स्वयंसेवक प्रशिक्षकहरु । तस्बिर सौजन्य : राखेप

काठमाडौं, जेठ २६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षकको क्षमता अभिबृद्धि गर्न पहिलो पटक तालिम आयोजना गरेको छ । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा प्रशिक्षण क्षमता अभिबृद्धि कार्यक्रम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो । 

प्रशिक्षणको राखेपका सदस्य सचिव टंक लाल घिसिङले उद्घाटन गर्नुभयो । प्रशिक्षणमा विभिन्न १२ खेलका ३३ स्वयंसेवक प्रशिक्षकको सहभागिता रहेको हाइ पर्फमेन्स कमिटीका सचिव हिमालराज दाहालले जानकारी दिनुभयो । 

सहभागीलाई रिता प्रजापतिले स्ट्रेन्थ एन्ड कन्डीसनिङ, सुलोचना सिजाख्वाले साइकोलोजी, हीरा पन्तले ट्रनिङ मेथड, डा.ज्ञानेन्द्र शाहले स्पोर्ट्स मेडिसिन र एन्टी डोपिङ तथा हिमालराज दाहालले डिटीपी र एज ग्रुप ट्रनिङ सम्बन्धी प्रशिक्षण दिनुहुनेछ । 

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले स्वयंसेवक प्रशिक्षकलाई पनि राखेपले अन्य प्रशिक्षक झै उत्तिकै महत्व दिने गरेको महशुस गराउन पहिलो पटक तालिम आयोजना गरिएको बताउनुभयो । 

तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले स्वयंसेवक प्रशिक्षकलाई पनि अवसर दिनु तालिमको उद्देश्य रहेको बताउदै स्वयंसेवक प्रशिक्षकको स्तरबृद्धिमा तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिम आइतबार सम्पन्न हुनेछ ।