• ७ जेठ २०८१, सोमबार

युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट

blog

गोल गरेपछि साथीसँग खुशी साट्दै ग्यारेथ बेल । तस्बिर : एएफपी

काठमाडौं, जेठ २३ गते । विश्वकप छनोटको प्लेअफ फाइनलमा युक्रेनलाई १–० गोलले हराउँदै वेल्स फिफा विश्वकपमा छनोट भएको छ । कार्डिफमा आइतबार राति भएको खेलमा युक्रेनलाई स्तब्ध बनाउन वेल्सका ग्यारेथ बेल नायक बन्नुभयो ।

टोलीका कप्तान बेलले ३४औं मिनेटमा गरेको प्रहार युक्रेनका आन्द्रीय यारमोलेन्कोलाई ठोक्किदै गोलमा परिणत भएको थियो । वेल्स ६४ बर्षपछि विश्वकपमा छनोट भएको हो । यसअघि वेल्स सन् १९५८ मा पहिलो पटक विश्वकपमा छनोट भएको थियो ।

यता छिमेकी देश रुसी आक्रणको चपेटामा परेको युक्रेनको विश्वकप खेल्ने सपना अधुरै रह्यो । वेल्सले अब विश्वकपमा समूह ‘बी’ बाट प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा यसअघिनै अमेरिका, इरान र इङल्यान्डले स्थान बनाएका छन् ।  एजेन्सी