• २७ वैशाख २०८१, बिहिबार

लिभरपुलको उपाधि होड कायम

blog

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै लिभरपुल र साउथह्याम्पटनका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, जेठ ४ गते । लिभरपुलले इङ्लिस प्रिमियर लिगमा उपाधि होड कायम राखेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–१ गोलले हरायो । लिभरपुलले पुनरागमन जित निकालेको हो । लिभरपुलको जितमा ताकुमी मिनामिनो र जोएल मटिपले गोल गर्नुभयो । 

घरेलु टोली साउथह्याम्टनका नाथन रेडमन्डको सुरुवाती गोल सान्त्वना बन्यो । साउथह्याम्टनले १३औं मिनेटमा नाथन रेडमन्डको गोलबाट सुरुवाती अग्रता लिएको थियो ।लिभरपुलले २७औं मिनेटमा बराबरी गोल फर्कायो । ताकुमी मिनामिनोले डिएगो जोटाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । 

त्यसपछि ६७औं मिनेटमा जोएल मटिपले गोल गर्दै लिभरपुललाई पूनरागमन जित दिलाउनुभयो । यस जितले प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम खेलबाट हुने भएको छ । जितसँगै लिभरपुलले शीर्षटोली म्यानचेस्टर सिटीसँगको दुरी एक अंकमा झारेको छ ।

लिभरपुलको ३७ खेलबाट ८९ अंक छ । सिटीको ९० अंक छ । पराजित साउथह्याम्टन ४० अंक सहित १५औं स्थानमा छ । अब अन्तिम खेलमा लिभरपुलले वल्भ्स र सिटीले एस्टन भिल्लासँग मे २२ तारिख खेल्नेछ । एजेन्सी