• १७ असार २०७९, शुक्रबार

एमेच्योर सुवासलाई उपाधि

blog

गल्फ उपाधिसहित सुवास तामाङ । तस्बिर सौजन्य : एनपीजीए

काठमाडौँ, वैशाख ३१ गते । सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गल्फको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ क्लबमा बिहीबार सम्पन्न चारदिने प्रतियोगितामा सुवासले प्रो सुक बहादुर राई र भुवन नगरकोटलाई सात स्ट्रोकले पछि पार्नुभयो ।

सुवास तजिपटक प्रोलाई पछि पारेर उपाधि जित्ने पहिलो एमेच्योर हुनुहुन्छ । उहाँले यसअघि सन् २०१९ मा सूर्य नेपाल च्यालेन्ज र यसै बर्ष सूर्य नेपाल वेस्टर्न ओपन जित्नु भएको थियो । फाइनल राउन्डमा सुवासले चार अन्डर ६८ खेल्नुभयो । चार दिनमा उहाँले कूल १९ अन्डर दुई सय ६९ बनाउनुभयो । फाइनल राउन्डमा सुक्रले पाँच अन्डर ६७ र भुवनले एक ओभर ७३ खेल्नुभयो । प्रोतर्फ च्याम्पियन सुक्र र भुवनले समान एक लाख ११ हजार पाँच सय रुपियाँ पुरस्कार पाउनुभयो ।

प्रोतर्फ तेस्रो हुनुभएका रवि खड्काले ६५ हजार रुपियाँ प्राप्त गर्नुभयो । कूल सात लाख ७५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा प्रो तर्फ शीर्ष २१ मा रहने खेलाडीलाई आकर्षक नगद पुरस्कार प्रदान गरियो । एमेच्योरतर्फका विजेतालाई ट्रफी प्रदान गरियो ।