भलिबल संघको पूर्ण बैठक पोखरामा सुरु
नेपाल भलिबल संघको केन्द्रीय कार्यसमितिको सातौ पुर्ण बैठक शनिबार पोखरामा सुरु भएको छ । बैठकमा मुख्य गरि सात वटा बिषयमा छलफल हुने नेपाल भलिबल संघ उपाध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो ।
नेपाल ओमानसँग पराजित
एएफसी एसियन कप छनोटको तयारीका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग पराजित भएको छ ।
यू–१९ महिला क्रिकेटमा नेपालको विजयी सुरुवात
नेपालले आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट एसिया छनोट खेलमा विजयी सुरुवात गरेको छ । मलेसियामा शुक्रबार विहान भएको खेलमा नेपालले कतारलाई ७९ रनले हरायो ।
अभ्यास खेलमा नेपाल पराजित
आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ ।
प्रशिक्षार्थी खेलाडीलाई फुटबल ड्रेस
एक महिनादेखि ग्रासरुढ फुटबलको प्रशिक्षण लिदै आउनुु भएका खेलाडीहरुलाई ड्रेस सहयोग गरिएको छ । प्रशिक्षण सुुरु भएको एक महिना अवधि पुुगेको अवसर पारी हुम्ला फुटबल ऐकेडेमी ड्रेस सहयोग गरेको हो ।
एसीसी महिला टी–२० : नेपालको पहिलो खेल भुटानसँग
मलेसियामा जुन १७ देखि २५ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ ।
नेपाली टोली आज अल स्टार्ससँग भिड्दै
आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न अमेरिका पुगेको राष्ट्रिय क्रिकेट टोलीले आज (बिहीबार) राति अमेरिकामा बस्दै आएका नेपाली पूर्व क्रिकेटहरुको टोली नेपाल अल स्टार्ससँग अभ्यास खेल खेल्दैछ ।
युक्रेन विश्वकप छनोट नजिक
छिमेकी देश रुसी आक्रणको चपेटामा परेको युक्रेन कतार विश्वकप २०२२ छनोट नजिक पुगेको छ । युरोपेली छनोट अन्तर्गत बुधबार राति भएको प्लेअफ सेमिफाइनल खेलमा युक्रेनले स्कटल्यान्डलाई ३–१ गोलले हरायो ।
इटालीलाई हराउँदै अर्जेन्टिना ‘फाइनालिस्सिमा’ च्याम्पियन
कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीलाई हराउँदै ‘फाइनालिस्सिमा’ कप जितेको छ । इङ्ल्यान्डको वेम्बली रंगशालामा बुधबार राति भएको खेलमा इटालीलाई ३–० गोलले हराउले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।