• १७ असार २०८१, सोमबार

भलिबल संघको पूर्ण बैठक पोखरामा सुरु

blog

पोखरा, जेठ २१ गते । नेपाल भलिबल संघको केन्द्रीय कार्यसमितिको सातौ पुर्ण बैठक शनिबार पोखरामा सुरु भएको छ । बैठकमा मुख्य गरि सात वटा बिषयमा छलफल हुने नेपाल भलिबल संघ उपाध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो । संघको विधान  अनुसार अब नयाँ कार्यसमिति चयनका लागी निर्वाचन गर्नुपर्नेछ ।

पोखरामा हुने बैठकले संघको निर्वाचन मिति र निर्वाचनमा आउने प्रतिनिधि लगायतको बारेमा निर्णय गर्ने छ ।उपाध्यक्ष मास्केका अनुसार बैठकमा २०७६ वैशाख देखि २०७९ वैशाखसम्मको कार्यक्रम प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा अनुमोदन, छैटौं, एनभिए लिगको समिक्षा, प्रथम साउथ एशियन महिला प्रतियोगिता–२०२२, विधान संशोधन मस्यौदा समिति गठन, जिल्ला, प्रदेश भलिबल संघ गठनका लागि प्रतिनिधि छनोट,  प्रदेश र जिल्ला भलिबल संघ गठन, केन्द्रीय कार्यसमितिको निर्वाचन मिति घोषणा, रेफ्री तथा क्लबले दिएको निवेदन, बिबाद तथा २०७९/०८० को लागि लेखा परीक्षक नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।

भलिबल संघको बर्तमान कार्यसमितिको कार्यकाल दुई बर्षअघिनै सकिसकेको थियो । कोरोनाका कारण संघको निर्वाचन प्रभावित भएको थियो । अब नयाँ नेतृत्व चयनका लागि पोखरा बैठकले तीब्र गतिमा प्रक्रिया सुरु गर्ने नेपाल भलिबल संघका केन्द्रीय सदस्य दीपक जिएमले जानकारी दिनुभयो ।