• १३ असोज २०८१, आइतबार

मिनी बस दुर्घटनामा मृतक दुवैको सनाखत

blog

वीरेन्द्रनगर नगरपालिका–७ को गोजेनी जङ्गल दुर्घटनास्थल । तस्बिर : गोरखापत्र

रजनी योगी 

सुर्खेत, जेठ ७ गते । वीरेन्द्रनगरमा भएको बस दुर्घटनामा मृतक दुवै जनाको सनाखत भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–७ को गोजेनी जङ्गल नजिक दुर्घटनामा परी दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का २२ वर्षीय भीमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दैलेखको दुल्लु नगरपालिकाको भुकाँहदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनी बस दुर्घटना परेको हो । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूको प्रदेश अस्पताल सुर्खेत र कर्णाली कियरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको हो ।