भ्याली पब्लिक र इबीएको जित
भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबीए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् । भ्याली पब्लिकले गोल्डेनपिकलाई १६–१४ ले पराजित ग¥यो ।
क्यानद्वारा टी–२० लिग गभर्निङ काउन्सिल गठन
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग सञ्चालनका लागि गभर्निङ काउन्सिल गठन गरेको छ । क्यानले बुधबार कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको नेतृत्वमा काउन्सिल गठन गरेको हो ।
जर्मनी र इङ्ल्यान्डको बराबरी
जर्मनी र इङ्ल्यान्डले युइएफए नेसन्स लिग फुटबलमा बराबरी खेलेका छन् । मंगलबार राति भएको लिग ‘ए’ समूह ३ को खेलमा जर्मनी र इङ्ल्यान्डले १–१ गोलको बराबरी खेलेका हुन् ।
एसिया कप छनोट : नेपाल आज जोडनसँग भिड्दै
एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले आज (बुधबार) राति जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाविर अल अहमद स्टेडियममा राति १ः०० बजे सुरु हुने खेलमा नेपाल उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ ।
फाप्ला क्रिकेट मैदान निर्माण समितिको अध्यक्षमा शाही
सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ।
‘खेलाडीको बन्द प्रशिक्षण क्याम्प बाह्रै महिना होस्’
नेपालकी चर्चित एथलेटिक्स धाविका सन्तोषी श्रेष्ठले सरकारले खेलाडीको लागि अभ्यास र बन्द प्रशिक्षण क्याम्प बाह्रै महिना सञ्चालन गर्नु पर्ने बताउनुभएको छ ।
थाइल्यान्डसँग हारेपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त
थाइल्यान्डसँग पराजित भएपछि नेपालको आईसीसी यू–१९ महिला विश्वकप खेल्ने सपना समाप्त भएको छ । मलेसियामा जारी एसिया छनोट अन्तर्गत समूहको चौथो खेलमा मंगलबार नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भयो ।
युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट
विश्वकप छनोटको प्लेअफ फाइनलमा युक्रेनलाई १–० गोलले हराउँदै वेल्स फिफा विश्वकपमा छनोट भएको छ । कार्डिफमा आइतबार राति भएको खेलमा युक्रेनलाई स्तब्ध बनाउन वेल्सका ग्यारेथ बेल नायक बन्नुभयो ।
एसियन गेम्स : महिला फुटबलको तयारी मंगलबारदेखि
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले चीनमा हुने एसियन गेम्सक लागि नेपाली महिला फुटबल टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि सुरु गर्ने भएको छ । राखेपले सोमबार प्रशिक्षणका लागि ४० जना खेलाडी बोलाएको छ ।