• २१ वैशाख २०८१, शुक्रबार

यू–१९ महिला क्रिकेटमा नेपालको विजयी सुरुवात

blog

फाइल तस्बिर ।

गोरखापत्र समाचारदाता

काठमाडौं, जेठ २० गते । नेपालले आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट एसिया छनोट खेलमा विजयी सुरुवात गरेको छ । मलेसियामा शुक्रबार बिहान भएको खेलमा नेपालले कतारलाई ७९ रनले हरायो । मलेसियाको यूकेएम ओभल मैदानमा नेपालले दिएको एक १८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५.४ ओभरमा सवै विकेटको क्षतिमा ३८ रनमा समेटिएको थियो । 

कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन बनाउनुभयो । कतारलाई सस्तैमा समेट्न नेपालकी सृष्टि जैशीले तीन विकेट लिनुभयो ।  अनु कठायत, कृतिका मरासिनी र स्नेहा महराले दुई/दुई विकेट लिनुभयो । 

यससअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामीमगरले अविजित रहँदै ३२ रन बनाउनुभयो । सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ रअन्जली विश्वकर्माले ११ बनाउनुभयो । बलिङमा कतारकी साची ढड्वाल र अलिना खानले एक एक विकेट लिनुभएको थियो । छनोट खेलमा नेपाल, यूएई, मलेसिया, कतार, भुटान र थाईल्यान्ड सहभागि छन् । 

छनोट खेलमा शीर्षस्थानमा रहने टोली सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने टी–२० विश्वकपमा छनोट हुनेछ । आईसीसीले पहिलो पटक यू–१९ महिला विश्वकप आयोजना गर्न लागेको हो । विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ । नेपालले अब २१ गते यूएई, २३ गते भुटान, २४ गते थाईल्यान्ड र २५ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।