• ७ जेठ २०८१, सोमबार

पारा जुडोमा प्रशान्तलाई स्वर्ण

blog

पारा जुडोमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, जेठ १५ गते । प्रशान्त श्रेष्ठले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगितामा आइतबार स्वर्ण जित्नुभएको छ । नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको बहिरातर्फ पुरुष ४०–५० केजीमा प्रशान्तले श्रीजुलाल श्रेष्ठलाई पराजित गर्नुभयो । 

बानेश्वरमा भएको प्रतियोगिताको बहिरातर्फ नै पुरुष ५०–६० केजीमा ऋषिमनि शर्मा, महिला ३०–४० केजीमा सोनीकुमारी शाह, महिला ४०–५० केजीमा निर्जला खड्का, महिला खुलामा योजना सापकोटा तथा महिला ५०–६० केजीको ‘ए’ मा आरती शाह, ‘बी’ मा  सुष्मा तामाङ र ‘सी’ मा भूमिका कार्की पहिलो हुनुभयो । 

दृष्टिविहीनको पुरुष ४०–५० केजीमा संयोग आचार्य र ६०–७० केजीमा प्रकाश रुम्बा पहिलो स्थान हात पार्न सफल हुनुभयो । एकदिने प्रतियोगितामा ३६ खेलाडीको सहभागिता रहेको थियो ।