• ५ जेठ २०८१, शनिबार

गुजरात डेब्युमै च्याम्पियन

blog

आईपीएल उपाधिसहित गुजराज टोली । तस्बिर : क्रिकिन्फो

काठमाडौं, जेठ १६ गते । नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा च्याम्पियन बनेको छ । गुजरात पहिलो सहभागितामै च्याम्पियन बनेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा गुजरातले राजस्थान रोयल्सलाई सात विकेटले हरायो । 

राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । गुजरातको जितमा सुबमन गिलले अविजित ४५ रन बनाउनुभयो । कप्तान हार्दिक पान्डेय ले३४ र डेभिड मिलरले अविजित ३२ रन बनाउनुभयो । बलिङमा राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले एकएक विकेट लिनुभयो  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा उक सय ३० रन बनाएको थियो । राजस्थानका लागि ओपनर जस बटलरले  सर्वाधिक ३९ रन बनाउनुभयो । याशभी जैसवालले २२, रियान परागले १५ र कप्तान सन्जु सामसनले १४ रन बनाउनुभयो ।

राजस्थानलाई सस्तैमा रोक्न ब्याटिङ गुजरातका हार्दिक पान्डेयले तीन विकेट लिनुभयो । साई किशोरले दुई तथा मोहमद शामी, राशिद खान र यश दयालले एक एक विकेट लिनुभयो । एजेन्सी