शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौँ, जेठ १६ गते । झापा फुटबल क्लब शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगन्ज युथ एकेडेमीलाई ५–० गोलले हराउँदै झापा ‘बी’ डिभिजनमा उक्लिएको हो । 
एकपक्षीय खेलमा झापालाई जिताउन पुजन राई एक्लैले चार गोल गर्नुभयो । अर्को गोल सन्तोष लावतीले थप्नुभएको थियो । एक खेल अगावै ‘बी’ डिभिजनमा बढुवा भएको झापाले लिगको अन्तिम खेलमा काठमाडौंको स्वयम्भू फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
जितसँगै शीर्षस्थानमा रहेको झापाले १३ खेलबाट ३१ अङ्क बनाएको छ । पाँच अङ्क बनाएको वीरगञ्ज रेलिगेसनमा परेको छ । दोस्रो र तेस्रो स्थानमा रहेको प्लानिङ ब्वाइज र आरसी३२ एकेडेमीको समान २८ अङ्क छ ।
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                