• १६ वैशाख २०८१, आइतबार

स्कटल्यान्डमा हुने आईसीसी लिग–२ को खेल तालिका सार्वजनिक

blog

फाइल तस्बिर।

काठमाडौं, जेठ १७ गते । आईसीसी लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डमा खेल्ने विदेशीय अर्को सिरिजको खेल तालिका सार्वजनक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मङ्गलबार सार्वजनिक गरेको तालिका अनुसार स्टकल्यान्डमा जुलाई १० देखि १७ तारिखसम्म आयोजना हुने एकदिवसीय सिरिजमा नेपाल, आयोजक स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । 

तालिका अनुसार नेपालले पहिलो खेल नामिबियासँग जुलाई ११, दोस्रो खेल आयोजक स्कटल्यान्डसँग जुलाई १३, तेस्रो खेल नामिवियासँग जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डसँग जुलाई १७ मा खेल्नेछ । लिग–२ अन्तर्गतकै सिरिजको लागि नेपाली टोली अहिले अमेरिका भ्रमणमा छ ।

अमेरिकामा नेपालले आयोजक अमेरिका र ओमानसँग यही जुन ९ देखि १५ तारिखसम्म सिरिज खेल्दैछ । आईसीसी लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ ।

ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।