शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, जेठ १६ गते । पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगिताको उपाधि ज्ञान टाइगरले जितेको छ । बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा सोमबार भएको फाइनलमा ज्ञान टाइगरले संस्कृतिलाई ५२–२२ अङ्कले हरायो । ज्ञान टाइगरका धनराज सरु मगरले सर्वाधिक २० अङ्क जोड्नुभयो । धनराजनै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । 
संस्कृतिका सुशाङ्क अधिकारी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बन्नुभयो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव रमेशकुमार सिलवाल, पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभयो । तीनदिने प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए ।
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                