• ४ जेठ २०८१, शुक्रबार

अशोक उत्कृष्ट निर्णायक

blog

काठमाडौं, जेठ १६ गते । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अस्ट्रियन ओपन विश्व ¥याङकिङ जी–२ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित हुनुभएको छ । प्रतियोगितामा विभिन्न ४० राष्ट्रका ६४ निर्णायक सहभागी भएकोमा ६ जनालाई उत्कृष्ट निर्णायक घोषित गरिएको थियो । त्यस मध्ये अशोक पनि उत्कृष्टमा पर्नुभएको हो । 

अस्ट्रियाको इन्सबकमा मे २८ र २९ तारिखमा भएको प्रतियोगितामा खड्काले पहिलो दिन ११ र दोश्रो दिन ८ खेल खेलाउनुभएको थियो । त्यसमध्ये उहाँले सिनियरको २ र क्याडेटको १ गरी ३ फाइनल खेलाउनुभएको थियो । सिनियरको पुरुष ६३ केजी र महिला ७३ केजीमुनिमा निर्णायकको भूमिका निर्वाह गर्नुभएका अशोकले क्याडेटतर्फ पुरुष ३८ केजीमुनि फाइनल खेलाउनुभएको थियो । 

आयोजक अस्ट्रियन तेक्वान्दो महासंघका अध्यक्ष डा. रेजा जादेह मोहम्मदले उत्कृष्ट हुनुभएका अशोकलाई पुरस्कृत गर्नुभयो । यस प्रतियोगितामा दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने अशोक एक्लो हुनुहुन्छ । उहाँ पुम्से र पारा तेक्वान्दोको पनि निर्णायक हुनुहुन्छ ।