अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि
बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रस्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता छ ।
विश्वकप फुटबल ‘पहिलो महिला रेफ्री’
विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ सुरु भइसक्यो । विश्वका सबै फुटबल समर्थकलाई फुटबलको ज्वरोले च्यापिसक्यो भन्दा हुन्छ । नेपालीहरू फुटबललाई धेरै माया गर्नुहुन्छ । त्यसैले नेपालमा विश्वकपको चर्चा नहुने कुरै भएन । नेपालमा विश्वकपका खेल प्रायः राति हुन्छ तर हामी निद्रा नै मारेर पनि विश्वकप हेर्ने गर्छौं । तिमीहरूलाई पनि निद्रा नै मारेर भए पनि टेलिभिजनमा फुटबल हेर्न मन लाग्छ होला । कतिले निद्रा मारेर फुटबल हेर्ने योजना बनाइरहेको होला तर स्कुल जानुपर्ने विद्यार्थीले राति जाग्राम बस्नु राम्रो पनि हुँदैन । यद्यपि विश्वकपका केही खेल चाँडो पनि हुन्छन् । त्यसैले चाँडै हुने खेल र हाइलाइट्स हेरेर विश्वकपको मज्जा लिन सकिन्छ । अहिले त धेरै स्कुलमा विश्वकप फाइनल हेर्न भोलिपल्ट बिदा दिने चलन पनि आइसक्यो ।
नेमारलाई पेलेको सन्देश
ब्राजिलका महान् फुटबल खेलाडी पेलेले नेमारलाई आफ्नो सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेकोमा बधाई दिँदै ब्राजिल विश्वकपबाट बिदा भएकोमा दुःख पनि व्यक्त गर्नुभयो। अहिले अस्वस्थताका कारण अस्पतालमा रहनुभएका पेलेले इन्स्ट्राग्रामबाट विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग ब्राजिल पराजित भएपछि नेमारलाई सन्देश दिनुभएको हो।
साविक विजेता फ्रान्स सेमिफाइनलमा
साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा शनिबार राति भएको क्वार्टरफाइनल खेलमा इङग्ल्यान्डलाई २-१ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको हो ।
अर्जेन्टिना उपाधिबाट दुई खेल टाढा
कतार विश्वकप फुटबल प्रतियोगितामा लियोनेल मेसीको टिम अर्जेन्टिना शनिबार बिहान नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ४–३ ले हराएर सेमिफाइनलमा पुगेको छ। निर्धारित र थप ३० मिनेटको खेल २–२ ले बराबरीमा सकिएपछि टाइब्रेकरमा हारजितको छिनोफानो भएको हो। विश्वको सर्वश्रेष्ठ फुटबलर मेसीलाई अहिलेसम्म विश्वकप उपाधिले लोभ्याइरहेको छ। अब मेसी र अर्जेन्टिना विश्वकप उपाधिबाट मात्र दुई खेल टाढा भएको छ। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेल्नेछ।
पोर्चुगललाई हराउँदै मोरोक्को सेमिफाइनलमा
अफ्रिकी देश मोरोक्को कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा मोरोक्कोले पोर्चुगललाई १-० गोलले हरायो ।
शान्ति नमूनालाई अन्तरविद्यालय क्रिकेटको उपाधि
भैरहवामा सम्पन्न स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको उपाधि शान्ति नमूना मावि, मणिग्रामले जितेको छ ।
रग्बीमा सेमिफाइनल समीकरण पूरा
यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ ।
नेपालका ६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट
नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् ।
यू–२३ भलिबल टोलीको घोषणा
बङ्गलादेशको ढाकामा पुस ५ देखि १२ गतेसम्म आयोजना हुने काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ । नेपाल भलिबल सङ्घले शनिबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।
रकम अभावका कारण लखन थापा रंगशाला अलपत्र
गुल्मीमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला रकम अभावका कारण अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नं ६ अमरपुरको बुल्म चौरमा निर्माणाधीन रङ्गशाला यसै अलपत्र परेको छ ।
ब्राजिलका प्रशिक्षक टिटेको राजीनामा
पाँच पटकको विश्वकप विजेता ब्राजिल कतारमा जारी २२औँ विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिनुभएको छ ।
धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई
आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जित्नुभएको छ ।
पोर्चुगलविरुद्ध मोरक्कोको अग्निपरीक्षा
कतार विश्वकप फुटबल प्रतियोगितामा मोरक्कोको क्वाटरफाइनल यात्रा परी कथाभन्दा कम छैन। दुई दिनअघि मात्र उपाधिको दावेदार मानिएको स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएर मोरक्को विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने अफ्रिकी मुलुक बनेको थियो। मोरक्को यस विश्वकपको अन्तिम आठमा पुग्ने युरोप र दक्षिण अमेरिकी राष्ट्रबाहेकको एक मात्र टिम हो। यसअघि मोरक्कोले बेल्जियम र क्रोसियाजस्ता टिम भएको समूह जितेर नकआउटमा स्थान बनाएको थियो तर मोरक्को अब शानदार लयमा रहेको क्रिस्टियानो रोनाल्डोका टिम पोर्चुगलसँग सामना हुँदैछ जुन सो मुलुकका लागि अग्निपरीक्षा हुनेछ। युरो च्याम्पियन भइसकेको पोर्चुगल विश्वकपको अन्तिम आठमा मात्र तेस्रो पटक खेल्दैछ।
टाइब्रेकरमा नेदरल्यान्ड्लाई स्तब्ध बनाउँदै अर्जेन्टिना सेमिफाइनलमा
रोमाञ्चक र नाटकीय खेलको टाइब्रेकरमा नेदरल्यान्ड्सलाई ४-३ गोलले स्तब्ध बनाउँदै अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टाइब्रेकरमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा
साविक उपविजेता क्रोएसिया कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेशन सिटी स्टेडियममा शुक्रबार राति भएको रोचक खेलमा ब्राजिललाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको हो ।
योग, रुविन, बिनेश र नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने
नेपालका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया र नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागीता पक्का भएको छ ।
विश्व बडिबिल्डिङमा प्रज्वललाई पदक
१३औं विश्व बडिबिल्डिङ एन्डि फिजिक स्पोर्ट्स च्याम्पियन्सीपमा शुक्रबार नेपालका प्रज्वलमान शाक्यले काश्य पदक जित्नुभएको छ । थाइल्यान्डको फुकेटमा भएको प्रतियोगितामा प्रज्वलले ६५ केजी तौल समूहमा तेस्रो स्थान हािसल गर्नुभएको हो ।
भुवनलाई काठमाडौं ओपन गल्फ उपाधि
सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जित्नुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सञ्चालित चार दिने प्रतियोगितामा भुवनले अन्तिम दिन शुक्रबार चार अन्डर ६४ खेल्नुभयो ।
पेनाल्टीका लागि हजार गोलको अभ्यास एनरिकलाई धोका
कतारमा जारी विश्वकपमा प्रिक्वार्टरफाइनल खेलअघि स्पेनका प्रशिक्षक लुईस एनरिकले खेल टाइब्रेकरमा पुगे आफ्नो टोलीलाई कुनै समस्या नहुने बताउनुभएको थियो ।
सिर्जनालाई विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा स्वर्ण
नेपालकी सिर्जना घिसिङले साउदी अरबमा आयोजना भएको विश्वक पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा स्वर्ण पदक जित्नुभएको छ । रियादमा बिहीबार राति भएको फाइनलमा सिर्जनाले ५२ केजी तौल समूह मुनि के–४४ स्पर्धामा स्वर्ण जित्नुभएको हो ।
प्रथम मेयर कप फुटबल शनिबारदेखि
रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो ।
स्टर्लिङ पुनः इङ्ग्ल्यान्डको टिममा
इङ्ग्ल्यान्डका स्ट्राइकर रहिम स्टर्लिङ पुनः विश्वकप टिममा फर्किनुभएको छ। इङ्ग्ल्यान्डमा रहको आफ्नो घरमा चोरी भएपछि परिवारलाई साथ दिन चेल्सीका फरवार्ड स्टर्लिङ विश्वकपलाई बीचमै छोडेर घर फर्कनुभएको थियो। जसले गर्दा अन्तिम १६ मा सेनेगलविरुद्ध उहाँले खेल्न सक्नुभएन तर फ्रान्सविरुद्ध हुने खेलका लागि स्टर्लिङ इङ्ग्ल्यान्डको टिममा फर्कनुभएको छ। एपी
ब्राजिलविरुद्ध क्रोएसियाले विश्वासका साथ खेल्ने
जनसङ्ख्याको हिसाबले ब्राजिल र क्रोएसियाबीच तुलना नै छैन। ब्राजिलको जनसङ्ख्या २० करोड छ भने क्रोएसियाको मात्र ४० लाख। हुन पनि क्रोएसिया यस विश्वकपमा चयन भएको सबैभन्दा कम जनसङ्ख्या भएको राष्ट्रमध्ये एक हो तर विश्व फुटबलमा क्रोएसियाको हैसियत वर्षौंदखि उच्च स्थानमा छ। स्वतन्त्र राष्ट्र भएर सन् १९९८ मा पहिलो पटक खेलेको विश्वकपमा नै क्रोएसियाले तेस्रो स्थान हात पारेको थियो। रुसमा भएका पछिल्लो विश्कपमा त क्रोएसियाले फाइनल नै खेल्यो। त्यसैले शुक्रबार पाँच पटकको विश्व च्याम्पियन ब्राजिलविरुद्ध खेल्दा क्रोसियाको आत्मविश्वास धरमराउने छैन। प्रशिक्षक ज्लाट्को डालिच भन्नुहुन्छ, “क्रोएसियालाई कहिल्यै कम नआँक्नु। हामी सानो राष्ट्र हौँ तर हामी साहसी र विश्वासिलो छौँ। हामी जहिल्यै आफ्नो पूर्ण क्षमतामा काम गर्छौं। विशेषतः क्रोएसियाको यो पुस्ताका फुटबल खेलाडीमा यो गुण भरपुर छ।”