• १३ असोज २०८१, आइतबार

रग्बीमा सेमिफाइनल समीकरण पूरा

blog

रग्बी प्रतियोगिताको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : राखेप

काठमाडौं, मंसिर २४ गते । यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे ।

समूह ‘बी’ बाट युएइ ९ अंकसाथ विजेता तथा दक्षिण कोरिया ७ अंकसाथ उपविजेताको हैसियतले सेमिफाइनलमा पुगे । सेमिफाइनलमा भारतको भेट युएइसंग हुनेछ भने दक्षिण कोरियाले मलेसियाको सामना गर्नेछ ।

समूह ‘ए’ मा रहेको नेपालले भारतसंगै समान ५ अंक जोडेपनि स्कोरअन्तरका आधारमा पछि प¥यो । नेपालले भारतलाई १२–१० पराजित गरेको थियो । नेपाल थाइल्यान्डसंग १५–७ तथा मलेसियासंग ३४–० ले पछि प¥यो । पुरुषमा ८ टिम सहभागी छन् ।

नेपालसहित समूह चरणबाट बाहिरिएका थाइल्यान्ड, बंगलादेश र चाइनिज ताइपेइले प्लेट च्याम्पियनसिपमा पुनः प्रतिस्पर्धा गर्ने छन् । प्लेटमा नेपालले ताइपेइ तथा थाइल्यान्डले बंगलादेश विरुद्ध खेल्ने छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिलाको राउन्ड रोविन लिगमा भारत र थाइल्यान्डले समान ३–३ खेल खेल्दै समान ७–७ अंक जोडेका छन् । ५ टिम सहभागी राउन्ड रोविनमा दुवैको १–१ खेल बाँकी छ ।

समान २–२ खेल खेलेका युएइ, नेपाल र मलेसियाको क्रमशः ६ अंक, २ अंक र २ अंक रहेको छ । नेपाल थाइल्यान्डसंग ३९–० र युएइसंग ४१–० ले पराजित भयो । प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।