नेपाल बङ्गलादेशसँग पराजित
नेपाल बङ्गलादेशको राजधानी ढाकामा भएको साभा यू–२३ भलिबल च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।
राजवीर र ताङ फाइनलमा
नेपालका राजवीर प्रधान २०औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गर्नुभएको छ ।
नेपाल संवत् प्रवर्द्धनका लागि सेलिब्रेटी फुटसल
पेजथ्री सेलेब्रेटी फुटसल ११४३ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भाषाका कलाकार, पत्रकार एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरूबीच कुमारी फुटसलमा प्रतियोगिता भएको हो ।
फिफा वरीयतामा नेपाल यथावत्
विश्व फुटबल महासङ्घ (फिफा) को वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७५औँ स्थानमा यथावत् रहेको हो ।
नेपाल टी–२० लिग एकदिन पछि सर्यो
काठमाडौंमा शुक्रबारदेखि सुरु हुने तय भएको नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग एक दिन पर सरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार साँझ विज्ञप्ति निकाल्दै लिग शनिबारदेखि सुरु गर्ने जनाएको छ ।
स्पेनिस क्लबले नेपालमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने
स्पेनिस फुटबल क्लब काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन गरी मैत्रीपूर्ण खेलबारे जानकारी दिएको हो ।
युनाइटेड इएफएल कपको क्वार्टरफाइनलमा
इङ्लिस प्रिमिर लिग क्लब म्यानचेस्टर युनाइटेड इएफएल (काराबाओ) कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब बर्नलीलाई २–० गोलले हरायो ।
पर्यटन प्रवर्द्धन गर्न बागलुङदेखि पोखरा साइकल यात्रा
बागलुङ र पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल यात्रा सुरु गरिएको छ ।
प्रिमियर लिगका टिमलाई सफलता
विश्वकप फुटबल प्रतियोगिता–२०२२ को समापनसँगै विश्वका घरेलु प्रतियोगिता सुरु भएको छ। इङ्ग्ल्यान्डमा पनि मङ्गलबार राति इङ्ग्लिस लिग कप सुचारु भयो। करिब डेढ महिनाको विश्रामपछि भएको लिग कपमा प्रिमियर लिग क्लब वोल्भरह्याम्पटन, न्युक्यासल, लेस्टर र साउथाम्पटनले जित हात पारेका छन्। राउल जिमिनेज र रायन आइट नोउरीले अन्तिम समयमा गोल गरेपछि वोल्भरह्याम्पटनले चौथो डिभिजनको गिलिङ्घमलाई २–० ले हरायो। कतार विश्वकपमा मेक्सिकोका लागि खेलेका जिमिनेजले पेनाल्टीमा गोल गर्नुभएको हो। त्यसपछि नोउरीले इन्जुरी समयमा गोल गरी वोल्भ्सको जित पक्का गर्नुभयो।
खुलामञ्चको खेलमैदानमा प्याराफिट विस्तारको काम सुरु
म्याग्दी सदरमुका बेनीमा निर्माणाधीन ‘बेनी मिनी रङ्गशाला’मा प्याराफिट विस्तारको थालिएको छ । उक्त योजनाको मंगलबार बेनी नगरपालिका–७, का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले शिलान्यास गर्नुभयो ।
विश्वकप विजेताको भब्य स्वागत
अर्जेन्टिनाले २२औं विश्वकप विजेता टोलीको भब्य स्वगत गरेको छ । कतारमा आइतबार राति सम्पन्न फिफा विश्वकप च्याम्पियन बनेर मंगलबार स्वदेश फर्किएको अर्जेन्टिनी टोलीलाई राजधानी ब्यूनस आयर्समा लाखौं समर्थकले सडकमा ओर्लिएर भब्य स्वागत गरेका हुन् ।
एनएसएलका लागि नयाँ सम्झौता
फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले र एनएसएल आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिबीच नयाँ सम्झौता भएको छ ।
प्रशंसा, आद्या र स्वस्तिका क्वार्टरफाइनलमा
नेपालका प्रशंसा मोक्तान, आद्या पौडेल र स्वस्तिका विष्ट २०औँ जयकर स्मृति एटीएफ यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स सिंगल्समा मंगलबार क्वाछर्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
नेपाल टी–२० लिग जित्ने जनकपुरको दाबी
जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिग जित्ने दाबी गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा शुक्रबारदेखि त्रिवि मैदान कीर्तिपुरमा आयोजना हुने लिगका लागि जनकपुरले मंगलबार टोलीको कप्तान समेत घोषणा गरेको छ ।
ब्याडमिन्टन खेलमा श्रेष्ठ र खनाललाई स्वर्ण
सोलुखुम्बुमा सम्पन्न प्रथम डी.बी. किराँती (थुलुङ) स्मृति खुला पुरुष डबल ब्याड्मिन्टन प्रतियोगिताको उपाधि सोलुखुम्बु ब्याडमिन्टन सङ्घका अर्जुन श्रेष्ठ र आशिष् खनालले जित्नुभएको छ । खेलमा लुक्लाका लाक्पातेन्जी तामाङ र अनुज तामाङ दोस्रो हुनुभएको छ ।
पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
खेलकुदले अनुशासनको विकास गराउने हुँदा यसलाई पढाइसँग अघि बढाइनुपर्ने प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले बताउनुभएको छ ।
भलिबल टोली ढाका प्रस्थान
बङ्गलादेशमा आयोजना हुने बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार ढाका प्रस्थान गरेको छ ।
बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
फ्रान्सका चर्चित स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गर्नुभएको छ । बेन्जेमाले आफ्नो ३५औँ जन्मदिन मनाउने क्रममा सोमबार राति अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गर्नुभएको हो ।
झापामा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप
झापाको दमकमा अन्तर्राष्ट्रिय आमन्त्रण जय हुमागाईँ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । बुधबारदेखि सुरु हुने प्रतियोगितामा विदेशी तीनसहित आठ टोलीको सहभागिता रहनेछ ।
नेपाल टी–२० क्रिकेट लिगको तयारी
काठमाडौंमा शुक्रबारदेखि नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग हुनुभएको छ । लिगका लागि अन्तर्राष्ट्रिय खेलाडी काठमाडौं आउने क्रम जारी रहेको छ ।
करातेमा नेपाललाई १० स्वर्ण
भारतको मुम्बइमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र दुई रजत पदक जितेको छ । नेपालले विभिन्न तौल समूहमा पदक जितेको प्रतियोगिता रेफ्री एवं प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी दिनुभयो ।
मेस्सीले तत्काल सन्यास नलिने
फिफा विश्वकपको २२औँ संस्करणपछि संन्यास लिने सोचमा रहनुभएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकपको उपाधि चुमेपछि तत्काल संन्यास नलिने बताउनुभएको छ ।
विश्वकपमा चम्केका खेलाडी भित्र्याउन क्लबहरूको चासो
विश्वकप फुटबल प्रतियोगिता व्यावसायिक फुटबलका लागि ठूलो मञ्च हो। विश्वकपमा विश्वकै नजर रहेको हुन्छ। त्यसैले विश्वकपमा चम्कने खेलाडीलाई युरोपेली क्लबहरूले पनि आँखा लगाइरहेका हुन्छन्। आगामी जनवरीमा ट्रान्सफर विन्डो खुल्दै छ। त्यसैले उदीयमान खेलाडीका लागि कतार विश्वकप आफूलाई सही साबित गर्ने सबभन्दा उपयुक्त मञ्च बनेको छ। यस विश्वकपबाट पनि केही खेलाडी ठूला क्लबमा ठूला रकममा अनुबन्धित हुने पक्का छ।
३२ टिम खेलाउने निर्णयको विरोध
फिफाका अध्यक्ष जियानी इन्फाटिनोले अबदेखि क्लब विश्वकप फुटबलमा ३२ टिम सहभागी गराउने निर्णयको स्पेनी फुटबल लिगले कडा विरोध गरेको छ। फिफाको यस निर्णयबाट रिसाएको स्पेनी लिगले आइतबार यसले राम्रोभन्दा बढी हानि पु-याउने जनाएको छ। विश्वकप फुटबलमा फिफाले क्लब र खेलाडीहरूको सानो समूहलाई मात्र सहभागी गराउँछ तर व्यावसायिक फुटबलको कुरा गर्ने हो भने त्यहाँ थुप्रै व्यावसायिक लिग छन्, हजारौँ क्लब र खेलाडी छन्, जसले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका हुँदैनन्। फिफाले ४८ टिम सहभागी गराएमा व्यावसायिक फुटबलमा पार्ने प्रतिकूल प्रभावलाई बेवास्ता गरेको हुनेछ– स्पेनी क्लबको भनाइ छ।