• १३ असोज २०८१, आइतबार

नेपाल संवत् प्रवर्द्धनका लागि सेलिब्रेटी फुटसल

blog

फुटसलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस ७ गते । पेजथ्री सेलेब्रेटी फुटसल ११४३ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भाषाका कलाकार, पत्रकार एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरूबीच कुमारी फुटसलमा  प्रतियोगिता भएको हो ।

आयोजक नेपालभाषाका मनोरञ्जनात्मक पाक्षिक पत्रिका पेजथ्रीद्वारा कलाकारहरूमा स्वस्थ्य जनचेतना जगाउन र नेपाल संवत् ११४३ को प्रवर्द्धनका निम्ति फुटसल आयोजना गरिएको पत्रिकाका सम्पादक दर्शनवीर शाक्यले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल भाषा कलाक्षेत्रमा आबद्ध कलाकार, गायक, गायिका र प्राविधिकहरूले भाग लिएका थिए ।

जसमा राजुमानन्धर, विजय श्रेष्ठ, राजी महर्जन, सुरेन्द्र श्रेष्ठ, विजय मान सिंह, नवीन थेच्वमि, जेम्स प्रधान, अन्जन श्रेष्ठ, नील शाक्य, राजेन्द्र डङ्गोल, अनुप सिंह सुवाल, सत्य महर्जन, रवि साय्मी, सुरेन्द्र महर्जन, सज्जु मानन्धर, बिन्दे महर्जन, रामकृष्ण खड्गी, बाबुकाजी जल्मि, देवकुमार श्रेष्ठ र किशोर सिपालु सहभागी हुनुहुन्थ्यो । 

यस्तै प्रतियोगितामा सजीव शाक्य, फिरोज राजोपाध्याय, सुरेन्द्र मानन्धर, सुनिता ठाकुर श्रेष्ठ, लसता जोशी, मनरा प्रजापति, रविना तुलाधर, प्रेमा संसार महर्जन, रोजीना सुवाल, कल्पना बज्राचार्य, आराध्य लक्ष्मी खड्गी, रोजी डङ्गोल श्रेष्ठ र रत्नशोभा महर्जनको पनि सहभागिता रहेको थियो । सहभागीहरूलाई समाजसेवी एवं न्हूज: गुथीका अध्यक्ष सुरबहादुर श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो । खेलमा सहभागी सबैको निःशुल्क स्वास्थ्य जाँच पनि गरिएको  थियो ।