• २२ पुस २०८१, सोमबार

प्रशंसा, आद्या र स्वस्तिका क्वार्टरफाइनलमा

blog

टेनिसमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, पुस ५ गते । नेपालका प्रशंसा मोक्तान, आद्या पौडेल र स्वस्तिका विष्ट २०औँ जयकर स्मृति एटीएफ यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स सिंगल्समा मंगलबार क्वाछर्टरफाइनलमा प्रवेश गर्नुभएको छ । 

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले मालदिभ्सकी नबा निशानलाई ७–५ र ७–५, आद्याले ओमानकी आइशा अल बुसाइदीलाई ६–३ र ६–३ तथा स्वस्तिकाले भारतकी हनी जुमानी गौरवलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गर्नुभयो । 

प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका राजवीर प्रधानले हङकङका यु हिन वोङलाई सीधा सेटमा ६–० र ६–२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्नुभयो । सोही स्पर्धामा भारतका सिद्धार्थ जिबु, हङकङका छियोन हेइ करिसन फुङ, भारतका इशान बदाकी, भारतका भिभान मिर्धा, हङकङका वान हिम दोनोभान यिम र कि छियोन मोरिस ताङ तथा पाकिस्तानका जोहेब अफ्जल मलिक पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा पुग्नुभएको छ । 

ब्वाइज डबल्समा भारतका इशान र सञ्जय गिरिस कुमार, पाकिस्तानका जोहेब र यमनका हमुद इयाद, बङ्गलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्के तथा भारतका सिद्धार्थ र भिभानको जोडीले क्वाटरफाइनलमा स्थान बनाउनुभयो । 

गल्र्स डबल्समा नेपालकी प्रशंसा र भारतकी तनिशा भत्नागर, भारतकी हनी र नेपालकी प्राज्ना मानन्धर, नेपालकी स्वस्तिका र भारतकी सान्भी रेडी भुन्द्याला तथा नेपालका जेनी खड्का र समृद्धि महर्जनको जोडीले सेमिफाइनलमा स्थान पक्का गर्नुभयो ।