• १३ असोज २०८१, आइतबार

भलिबल टोली ढाका प्रस्थान

blog

यू–२३ भलिबल टोली ।

काठमाडौं, पुस ५ गते । बङ्गलादेशमा आयोजना हुने बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार ढाका प्रस्थान गरेको छ ।

नेपाल भलिबल सङ्घले यसअघि आइतबारनै टोलीको बिदाइ गरेको थियो । धिरोजकुमार बस्नेतको कप्तानीमा रहेको नेपाली टोलीमा १४ जना खेलाडी छन् । टोलीको प्रशिक्षकमा जगदिश भट्ट हुनुहुन्छ ।

प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, श्रीलङ्का र काजकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । नेपालले बिहीबार आयोजक बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।