• १३ असोज २०८१, आइतबार

अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

blog

बैतडी,  मङ्सिर  २५  गते । बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रस्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता छ ।   

ट्रस्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताका विजेताले  रु. एक लाख २५ हजार र ट्रफी तथा  उपविजेताले रु. ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दरखालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताए । 

“खेलाडी उत्पादन गर्न तथा उनीहरूको क्षमता अभिवृद्धिका लागि बर्सेनि भलिबल प्रतियोगिता  आयोजना गर्दैआएका छौँ”, उनले भने ।