साइनबोर्डबाट संसद्सम्म भुसालको सङ्घर्षमय यात्रा
पत्रकारिता र कलाकरिताबाटै आफ्नो जीवन धान्न सकिन्छ भन्ने विश्वास हरिप्रसाद भुसाललाई लाग्थ्यो । दुई दशकअघिसम्म आफ्नै जीवन असहज हुँदा उहाँले पत्रकारिता र कलाकारिता पेसालाई एकसाथ सुरु गर्नुभयो ।
साधारण परिवेशबाट प्रेरणादायी उदाहरण
झापा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा निवर्तमान उपसभामुख इन्दिरा रानामगरको जीवन कथा साधारण परिवेशबाट असाधारण यात्रासम्मको प्रेरणादायी उदाहरण बनेको छ ।
‘केन्द्र र प्रदेशसँग समन्वयकारी भूमिका निर्वाह गर्छु’
वाम आन्दोलन र सशस्त्र सङ्घर्षको लामो यात्राबाट राष्ट्रिय राजनीतिमा फरक पहिचान बनाएका नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादव यस पटक पुनः प्रतिनिधि सभा
‘मेरो अध्ययनको ज्ञान देश निर्माणमा लगाउने छु’
समकालीन राजनीतिमा उच्च शैक्षिक योग्यता भएका बिरलै व्यक्तिमध्येका एक हुनुहुन्छ डा. कृष्णहरि बुढाथोकी । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापबाट बुढाथोकीले संसदीय यात्रा तय गर्नुभएको हो ।
‘सुखड–भजनी सडकलाई भारतीय बजारसम्म जोड्न पहल गर्छु’
लामो समयदेखि जनप्रतिनिधि हुने प्रयास गरिरहेका जगतप्रसाद जोशी कैलाली क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य बन्न सफल हुनुभएको छ । विगतमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बन्दै आएका जोशी यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ ।
पूर्वाधारविज्ञ हुँदै सङ्घीय संसद्सम्म
विकास निर्माण र यातायात पूर्वाधारविज्ञ आशिष गजुरेललाई नेपालमै बसेर केही गरौँ भन्ने हुटहुटी सदैव लाग्थ्यो । अझ विदेशमा अध्ययन गर्दा त्यहाँ देखेको भौतिक पूर्वाधारको विकासले
शिक्षा र सामाजिक सेवाबाट प्राप्त अनुभवलाई सदनमा प्रयोग गर्ने
रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गणेश पौडेल यतिबेला चर्चामा रहनुभएको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र
विद्यमान कानुनको हेरफेर संशोधन र परिमार्जन अपरिहार्य
प्रतिनिधि सभा सदस्यमा मोरङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद यज्ञमणि न्यौपानेले सुशासन र विधिको शासनका लागि आफूले प्रतिनिधि सभामा आवाज उठाउने बताउनुभयो ।
‘सहिदको सपनालाई मार्गदर्शन मानेर काम गर्छु’
गोरखाको सामान्य परिवारमा जन्मिएका डा. स्वर्णिम वाग्ले अहिले नेपाली राजनीतिको चर्चित र प्रभावशाली अनुहारका रूपमा स्थापित हुनुभएको छ । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेका वाग्ले तनहुँ–१ बाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
‘मतदाताको विश्वास टुट्न दिन्नँ’
लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा परिचय बनाउँदै आएका दङ्गीशरण गाउँपालिका–४, मौलीगाउँका कमल सुवेदीको परिचय अब फेरिएको छ । यसअघि सामाजिक अभियन्ताका रूपमा चिनिँदै आएका सुवेदी अब देशको नीतिनिर्माण गर्ने स्थानमा पुग्नुभएको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ–३ बाट निर्वाचित भएपछि उहाँको यो नयाँ परिचय थपिएको हो ।
पश्चिम सुर्खेतलाई पूर्वाधार सम्पन्न बनाउने लक्ष्य
देशभर लहर आइरहँदा कर्णालीमा पछि परेको राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णालीमा खाता खोल्नुभएका उहाँले संसदीय यात्राको पहिलो अनुभवमै आफ्नो पुरानो दलका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्नुभयो । यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी बन्नुभएका रमेशकुमार सापकोटाले नेपाली कांग्रेसका नारायणकुमार कोइरालालाई १४ हजारभन्दा बढी मतले पराजित गर्नुभयो । उहाँले निर्वाचनमा ३० हजार ८३२ मत प्राप्त गर्नुभएको छ ।
राज्य नै अभिभावक भएको अनुभूति गराउँछौँ
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रसिंह महताले नागरिकले सरकार होइन, सरकारले नागरिक खोज्ने परिपाटी विकास गरिने बताउनुभएको छ । सरकारले नागरिकको अवस्था बुझ्न सके मात्रै मुलुकको आमूल परिवर्तन सम्भव हुने धारणा उहाँको छ ।
‘मुस्ताङको विकासका लागि दिनरात खट्छु’
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा हिमालपारिको जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसका युवा उम्मेदवार योगेश गौचन थकालीले विजय प्राप्त गरी संसद्को यात्रा सुरु गर्नुभयो ।
‘भ्रष्टाचार न्यूनीकरणमा कुनै सम्झौता हुँदैन’
जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट शाहीले १४ हजार १८६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । शाहीको राजनीतिक यात्रा राप्रपाबाटै सुरु भएको हो । हाल उहाँ पार्टीका प्रवक्तासमेत हुनुहुन्छ ।
जनमुक्ति सेना हुँदै सङ्घीय संसद्को यात्रा
कुनै समय बन्दुक बोकेर देश परिवर्तनको अभियानमा होमिनुभएका सिन्धुपाल्चोकका युवराज दुलाल यतिबेला देशकै कानुन निर्माण गर्ने सङ्घीय संसद्मा पुग्नुभएको छ । त्यसो त
‘विकासको गतिलाई अघि बढाउने छु’
पारिवारिक राजनीतिक पृष्ठभूमिका ४० वर्षीय प्रमोदकुमार महतोले महोत्तरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेर इतिहास रच्नुभएको छ । अनुभवी नेताहरूलाई वि
गेटाको विश्वविद्यालय सञ्चालन प्रमुख एजेन्डा
लामो समय शिक्षण, कृषि उद्यम र सामाजिक सेवामा संलग्न खेमराज कोइराला अब सङ्घीय संसद्मा जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पुग्नुभएको छ । कोइराला राजनीतिमा नयाँ मानिनुहुन्छ । राजनीतिमा आउनुअघि उहाँ कुनै पनि दलको सक्रिय भूमिकामा हुनुहुन्थेन । कोइरालाको जन्म गौरीगङ्गा नगरपालिका–१, मङ्गलपुरमा २०३३ मा निम्नमध्यम वर्गीय परिवारमा भएको हो ।
‘नागरिकको सेवक भएर सदन छिर्दै छु’
पाँचथरबाट निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङको राजनीतिक यात्रा लामो समयदेखि सङ्गठन निर्माण, शिक्षा र सामाजिक क्षेत्रको सक्रियतासँग जोडिएको छ
‘योजनामा पारदर्शिता कायम गराउन लाग्ने छु’
सूचना प्रविधिको क्षेत्रमा सक्रिय रहँदै आएका झबिलाल डुम्रे यस पटकको चुनावबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डुम्रे आफ्ना प्रतिस्पर्धीभन्दा चार हजार ५२४ मतान्तरसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो ।
‘रुकुमको अधुरो विकासलाई पूरा गर्ने छु’
तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि रुकुमबाट जनार्दन शर्मालाई चुनाव जिताउन पटक पटक चुनावी नेतृत्व समाल्दै आउनुभएका गोपाल शर्माले यस पटक भने आफैँले सानदार रूपमा विजयी हासिल गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्नुभएका शर्मा चार पटक मन्त्री भइसक्नुभएका जनार्दनलाई पराजित गर्नुभयो । जनार्दन प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहनुभएको थियो ।
चैनपुर–ताक्लाकोट सडक निर्माण प्रमुख एजेन्डा
विद्यार्थी आन्दोलनबाट उदाएर लामो समयसम्म पार्टी राजनीतिमा सक्रिय रहनुभएका ऐनबहादुर महरको सङ्घीय संसद्को यात्रा सुरु भएको छ । उहाँ गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट निर्वाचित हुनुभएको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का उम्मेदवार रहनुभएका महरले १८ हजार ५४३ मत प्राप्त गर्नुभएको थियो । उहाँ निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइलीलाई दुई हजार २२९ मतान्तरले पराजित गर्नुभएको हो । रसाइलीले १६ हजार ३०४ मत प्राप्त गर्नुभएको थियो ।
‘नागरिकमुखी कानुन निर्माण पहिलो प्राथमिकता’
बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद ठाकुरसिंह थारूले नागरिकमुखी कानुन निर्माणका लागि प्रभावकारी भूमिका खेल्ने बताउनुभएको छ । वकालत र पत्रकारिता क्षेत्र हुँदै राजनीतिमा सक्रिय थारू राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले नेपालमा विद्यमान कानुनमा नीतिगत सुधार गर्दै नागरिकमुखी कानुन निर्माण गर्ने र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताउनुभएको छ ।
‘जनताका मुद्दा संसदमा उठाउने छु’
पर्वत जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर भुसालले जनताको समस्या र आवाज संसद्मा बुलन्द रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन जिल्लाका विभिन्न वडा वडामा पुग्नुभएका सांसद भुसालले जनताको समस्या नजिकबाट बुझ्दै जिल्लाका मुद्दालाई संसद्मा प्राथमिकताका साथ उठाउने बताउनुभएको छ ।
‘पेट्रोलियम पदार्थ उत्खननका लागि ताकिता गर्ने छु’
हालै सम्पन्न निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. २ बाट लक्ष्मीप्रसाद पोखरेल प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित हुने उहाँ एक्लो उम्मेदवार हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार दिक्पालकुमार शाहीलाई पराजित गरी निर्वाचित हुनुभएको हो । पोखरेलले २०७० सालको संविधान सभा सदस्यमा पनि निर्वाचित भएर सङ्घीय संसद्को अनुभव हासिल गरिसक्नुभएको छ । २०७९ को निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो ।