प्रदेश नं १ सभाको बैठक बस्दै
प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।
दुवै मिर्गौला फेल भएका किसानद्वारा सहयोगको याचना
दुवै मिर्गौला फेल भएर काठमाडौँमा उपचार गराई राख्नुभएका काठेखोला गाउँपालिका–७ रेशका गमबहादुर किसानको उपचारमा आर्थिक सङ्कट पैदा भएको छ । कमजोर आर्थिक अवस्था रहेको परिवारका किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरिएको छ ।
एघार पालिका बाढीको उच्च जोखिममा
जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ मा उल्लेख भएअनुसार झापामा सबैभन्दा ठूूलो विपत् बाढीका कारण नै सिर्जना हुने गरेको छ । थप आगलागी, जङ्गली हात्तीको आतङ्क, सडक दुर्घटना, वर्डफ्लू, खडेरी, चट्याङआदिको खतरा वा प्रकोपको जोखिममा झापा रहेको छ । प्राकृतिक र मानव सिर्जित जुनसुकै खालका विपत्का घटनाबाट हुनसक्ने जनधनको क्षतिलाई न्युन गर्नका लागि झापा जिल्लाले २०६७ सालदेखि विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी सोहीअनुसार कार्य गर्दै आएको छ ।
पहिरोका कारण अन्धकार
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पहिरोले विद्युत्को खम्बा ढालेपछि अन्धकार भएको छ । अविरल वर्षासँगै शुक्रबार राति फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुको ओठेमा गएको पहिरोले विद्युत्को खम्बा (पोल) ढालेपछि गाउँ अन्धकार भएको हो । फुङ्लिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार अविरल वर्षाका कारण फुरुम्बुको ओठे क्षेत्रमा शुक्रबार राति करिब १२ बजेपछि पहिरो गएको थियो । उक्त पहिरोले ओठे क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको चारवटा खम्बा ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको र हाल फुरुम्बुको आधा बस्ती अन्धकारमय बनेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
पाङ्ग्रेभिर खण्ड जोखिम बढ्दो
तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ ।
भुइँमा फालिएका सालिक
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछाप नगरपालिका–८ भङ्गेरीमा भएको हो। वि.सं. १९८१ असार १५ गते भक्तलाल र तुलसीकुमारीको माहिला छोराका रूपमा पुष्पलालको भङ्गेरीमा जन्म भएको थियो।
‘भूमिगत विद्युत् तारको समस्या समाधान गर्छु’
वन तथा वातावरणमन्त्री प्रदीप यादवले भरतपुरबाट माडी लैजाने विद्युत्को दोस्रो सर्किट तार बिछ्याउन आवश्यक पहल गर्ने बताउनुभएको छ। चितवन राष्ट्रिय निकुञ्जका कारण पारि माडी नगरपालिकामा परेको समस्याका विषयमा निरीक्षण गर्न चितवन आउनुभएका मन्त्री यादवले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
कालिका भगवती मन्दिर थप आकर्षक बनाउने तयारी
प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको विकासको लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार गरेको छ । गत माघ महिनामा गुठी व्यवस्थापन समितिमा नयाँ कार्यसमिति चयन भएपछि मन्दिरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको हो ।
विद्यालयको बैंक खाता रोक्का
झापाको कनकाई नगरपालिकास्थित सिंहदेवि आधारभुुत विद्यालयको बैँक खाता रोक्का भएको छ ।
डेढ अर्बभन्दा बढी राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा डेढ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय सुर्खेतमा ६९ हजार बढी करदाता दर्ता छन् । ४० हजार करदाताबाट एक अर्ब ६७ करोड राजस्व सङ्कलन गरिएको हो ।
वर्षा लाग्यो खोलाकै पीर
घोडाघोडी नगरपालिका–२ मा रहेको बौराहखोलाले गत असोजमा बगाएको काठेपुल पुनर्निर्माण नहुँदा वर्षाका बेला स्थानीय समस्यामा परेका छन् । वर्षाको बेला घोडाघोडी नगरपालिका–८, ६ र २ का स्थानीय जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् । वडा नम्बर २ का स्थानीय कृष्णबहादुर विष्टले पुरानो काठेपुल जीर्ण भएको र भत्किएको पुलको पुनर्निर्माण नहुँदा समस्या भएको बताउनुभयो ।
वर्षदिन पनि टिकेन सडक
रुपन्देहीको गैडहवा गाउँपालिकाको २५ लाख रुपियाँ लगानीमा निर्माण भएको पाँच सय मिटर सडक एक वर्ष नहुँदै भत्किएको छ । सडक भत्किएपछि स्थानीयले निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको र प्राविधिक लापरबाही भएको भन्दै पुनः निर्माणको माग गरेका छन् ।
म्याग्दीलाई पर्यटन हब बनाउने जमर्को
हिमाली जिल्ला म्याग्दीलाई साहसिक पर्यटनको हब बनाउने विषयमा सरोकारवालाबीच अन्तक्र्रिया भएको छ। गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले म्याग्दी जिल्लाभित्रका पर्यटकीय स्थलमा पूर्वाधार तयार गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई रोक्न सकिने बताउनुभयो। बाहिरबाट आउने पर्यटकले अहिले कुस्मा अनि मुस्ताङ मात्रै थाहा पाउने तर बेनीको महत्त्व हराउँदै गएको हो कि भन्ने पर्न लागेकोले यहाँ अडिनका लागि उचित संरचना तयार गर्नुपर्ने केसीको भनाइ थियो।
लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य
लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गर्नुभएको हो ।
१७ लाख रुपियाँसहित दुई जना पक्राउ
स्रोत नखुलेको साढे १७ लाखभन्दा बढी भारतीय रुपियाँसहित कैलालीमा दुई जना पक्राउ परेका छन् ।
इच्छाकामनामा जग्गा नाप नक्साङ्कन कार्य सुरु
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्साङ्कन कार्य सुरु गरिएको छ । सङ्घीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नं ७ भालुमाराबाट शुक्रबारदेखि जग्गा नाप नक्साङ्कन कार्य शुभारम्भ गरिएको हो ।
गाउँभरि तरकारी खेती ‘सिजन’मा नौ करोड आम्दानी
पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–४, ठूलो हर्रे गाउँभरि तरकारी खेती गरिएको छ । सातवटा समूह मिलेर एउटा तरकारी ब्लक निर्माण गरिएको छ । ब्लकमा १८२ घरधुरी आबद्ध छन् । ती सबैले व्यावसायिक तरकारी खेती गरेका छन् ।
कोभिड उपचार केन्द्र तयारी अवस्थामा
झापाको दमक नगरपालिकाले कोभिड महामारीको समयमा सञ्चालनमा ल्याएको अस्थाई कोभिड उपचार तयारी अवस्थामा राखेको छ । पुन कोभिडको संक्रमण बढ्न थालेपछि ३० बेड क्षमताको कोभिड अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय गरेको र आवश्यक तयारी सुरु भएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताउनुभयो ।
स्थानीयबासीको उजुरी पछि पुल निर्माण रोकियो
म्याग्दीमा निर्माणधिन पक्की पुलमा ठेकेदारले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी गरेपछि पुल निर्माण रोकिएको छ । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ बरंजालाई जोड्ने गरी म्याग्दीखोलामा तिनवर्ष अघि निर्माण थालिएको उक्त पुलको ढलानमा ठेकेदारले लापरबाही गरेको भन्दै स्थानीय केही व्यक्तिले अख्तियारमा उजुरी गरेका हुन ।
साताको एक दिन प्रमुखले साइकल चढ्ने
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह सवारी इन्धनको बचत गर्न र पर्यावरणको संरक्षणका लागि साइकल चढेर कार्यालय आउनु भएको छ । साताको एक दिन शुक्रबार साइकल चढ्ने निर्णय गरे बमोजिम उहाँ शुक्रबार साइकल चढेर कार्यालय आउनु भएको हो ।
बलान नदी कटान रोक्न पूर्वतयारी
सिरहा सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पश्चिमी किनाराको कटान रोक्न पूर्वी किनाराबाट पानी बग्ने गरी लहान नगरपालिकाको जेसीबीले माटो खन्ने कार्य तीव्र रूपमा अघि बढाएको छ । पश्चिमी किनारा लहान–२३, तिलोबोना कडरियातर्फको कटानले पश्चिमतर्फबाट बलान बग्न थाले ठूलो क्षति हुनबाट रोक्न स्थानीयले लहान नगरपालिकालाई गुहारेका थिए ।
कमलाखुँजमा अझै चरुवा प्रथा
सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा ‘साहु–महाजन’का गाईगोरु चराउने चरुवा प्रथा अझै कायमै रहेको पाइएको छ । सरकारले बालीघरे, कमैया, हलियाजस्ता प्रथा अन्त्यको घोषणा गरेको वर्षौं भयो तर कमलाखुँज क्षेत्रमा अझै चरुवा प्रथा कायम रहनु दुःखद भएको स्थानीयवासीको भनाइ छ । उनीहरूलाई वैकल्पिक पेसाको टुङ्गो लगाउन आग्रह गरिए पनि नमानेको नगरपालिकाले जनाएको छ ।
पचहत्तर लाखको अक्षय कोष स्थापना
दोलखाको भीमेश्वर नगरपालिका–२, ऐतिहासिक सहर दोलखामा रहेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले ७५ लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ । दिगो र भरपर्दो नित्य पूजा, गुठी सञ्चालनलगायतका कामका लागि यो अक्षय कोष स्थापना गरिएको समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सदरमुकामस्थित सेन्चुरी बैङ्कमा रहेको ५० लाख र कृषि विकास बैङ्कमा रहेको २५ लाख रुपियाँ अक्षय कोषमा राखिएको छ । बिस्तारै यसलाई वृद्धि गर्दै लाने ध्येय रहेको छ । अहिले पाई आएको ब्याज दर १०ः०३ भन्दा बढी दिने बैङ्क पाए यो कोष त्यसमा नै राख्ने समितिको निर्णय भएको छ ।
एकतीस करोड चालीस लाख बेरुजु
आर्थिक वर्ष २०७७/७८ मा काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा ३१ करोड रुपियाँभन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनमा काभ्रेका १३ वटा स्थानीय तहमा ३१ करोड ४० लाख ७८ हजार रुपियाँ बेरुजु रहेको उल्लेख छ । प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकामा सबैभन्दा बढी रकम बेरुजु रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा महाभारत गाउँपालिकामा कुल बजेटको ४ दशमलव ६० प्रतिशत रकम बेरुजु रहेको थियो ।