• १३ साउन २०८१, आइतबार

१७ लाख रुपियाँसहित दुई जना पक्राउ

blog

धनगढी, साउन ७ गते । स्रोत नखुलेको साढे १७ लाखभन्दा बढी भारतीय रुपियाँसहित कैलालीमा दुई जना पक्राउ परेका छन् । 

सशस्त्र प्रहरीले आज विहान धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट रुपियाँसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शान्ति टोलका १८ वर्षीय सरोज धामी र १७ वर्षीय विवेक चन्द रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीले जानकारी दिएको छ । 

सशस्त्र प्रहरीको टोलीले विहान साढे ५ बजे उनीहरुलाई रुपियाँसहित पक्राउ गरेको हो । उनीहरुको साथमा स्रोत नखुलेको १७ लाख ६६ हजार ६७० भारतीय रुपियाँ फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिनुभयो । सशस्त्र प्रहरी अनुसार दुई हजारको ४८ थान, ५०० को तीन हजार ३४१ थान, १००, ५० र २० को एक÷एक थान नोट रहेको छ । 

यसबारे थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइने सशस्त्र प्रहरी नायब निरीक्षक जोशीले बताउनुभयो । 


Author

अविनाश चौधरी