• १४ असार २०८१, शुक्रबार

समाचार प्रभाव

विद्यालयको बैंक खाता रोक्का

blog

बिर्तामोड साउन ७ गते । झापाको कनकाई नगरपालिकास्थित सिंहदेवि आधारभुुत विद्यालयको बैँक खाता रोक्का भएको छ । 

उक्त विद्यालयको राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत २ कोठे भवन निर्माणका लागि आएको १८ लाख रुपैँया रकम विद्यालयले पुुरानो टिनको कच्ची भवनमाथि तला थपेर निकासा गरेको भनी गोरखापत्र दैनिक र गोरखापत्र अनलाईनमा समाचार प्रकाशन भएपछि कनकाई नगरपालिकाको शिक्षा साखाले चासो देखाएको थियो ।

भवन निर्माणको रकम निकासा गरिसकेको भएपनि भवन नक्सा डिजाइन अनुुसार नपाइएको कनकाई नगरपालिका शिक्षा शाखाका प्रमुुख पिताम्बर गौतमले बताउनुुभयो । हामीले भवनको बिजोग देखेपछि सर्वप्रथम बैँक खाता रोक्का गरेका छौ, १८ लाख रुपैँया पठाइएकोमा दुई लाख निकालिसकेको रहेछ बचेको १६ लाख रुपैँया हामीले विद्यालयको रकम रोक्का गर्न सफल भएका छौ कनकाई नगरपालिका शिक्षा साखाका अधिकृत हरि मिश्रले भन्नुुभयो । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रअनुुसार रकम निकासा गरिएको भएपनि भवन पुुन नभत्काई नहुने अवस्थामा रहेको पाइएकोले यसको छानविन समेत हुुने शिक्षा प्रमुख गौतमले बताउँनुुभयो । विद्यालयले नयाँ नाप नक्सा अनुुसार भवन बनाउनुु पर्नेमा त्यसो नगरेको पाइएपछि स्थानीयले विरोध गरेका थिए भने गोरखापत्रमा समाचार प्रकाशन भएको थियो । बनिसकेको उक्त भवनलाई पुुन भत्काएर बनाउन निर्देशन दिइएको शिक्षा शाखाले जनाएको छ । 

Author

लिलाराज खड्का