हिलो र धुलोमुक्त नगर बनाउँछौँ
सिराहा जिल्लाको सदरमुकाम रहेको सिराहा नगरपालिकामा २२ वटा वडा छन् । लगडिगदियानी, लक्ष्मीनियाँ, सन्हैठा, लगडीगोठ र हक्परा गाउँ विकास समिति जोडिएर बनेको सिराहा नगरपालिकाको क्षेत्रफल ९४.२ वर्ग
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका–४, स्थित जरुवा पानी नजिक रेल्वे ट्रयाकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पूर्वमन्त्री आलमसहित चारलाई जन्मकैद
रौतहट जिल्ला अदालतले पूर्वमन्त्री मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
सर्लाहीको हरिपूर्वामा आगलागी
सर्लाहीको हरिपूर्वा नगरपालिका–५, धोबियाहीमा बिहीबार दिउँसोदेखि भीषण आगलागी भइरहेको छ ।
मधेश प्रदेशमा औलो रोगको जाँच कम
मधेश प्रदेशमा ७५ जना मात्र औलोको बिरामी भेटिएका छन् । प्रदेशका आठ वटा जिल्लाहरूमध्ये सबभन्दा बढी सर्लाहीमा २३ जना मलेरियाका बिरामी फेला परेका हुन् । सबैभन्दा कम सप्तरीमा दुई जनामा मलेरियाका कीटाणु भेटिएका छन् ।
बलान नदीको स्थलगत अवलोकन
सप्तरी र सिराहा सिमाना छुट्याउने बलान नदीको बाँध भत्किएको कारण मल्हनियाँ गाउँ उच्च जोखिममा छ । सप्तरीको बलानबिहुल गाउँपालिका वार्ड नं. १ स्थित बलान नदीको करिब आठ सय मिटर बाँध भत्केकोले मल्हनियाँ गाउँ उच्च जोखिममा रहेको हो ।
आगलागी पीडितलाई राहत वितरण
महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं. ६ को जरलहवा बस्तीका अग्निपीडित परिवारहरूलाई राहत वितरण सुरु भएको छ ।
विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
महोत्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद फैसला भई फरार रहेका विभिन्न मुद्दाको ६ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
तीन विद्यालयमा डिजिटल स्मार्ट बोर्ड
सर्लाहीको हरिवन नगरपालिकाले नगरभित्रका तीनवटा विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान गरेको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट सुरुमा तीनवटा माध्यमिक विद्यालयमा एक÷एक थान स्मार्ट बोर्ड जडान गरिएको हो ।
उन्नाइस करोडको तरकारी बिक्री
सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारमा किसानले दुई महिनामा १९ करोड बढीको तरकारी बिक्री गरेका छन् । कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार लालबन्दी–७, डुमडुमेस्थित तरकारी बजारबाट फागुन र चैत महिनामा किसानले बिक्री गरेको १९ करोड बढीको तरकारी बाहिरी बजारमा निकासी भएको छ ।
वालविवाह न्यूनीकरण गर्न बालबालिका सक्रिय
मधेश प्रदेशका जिल्लामा वालविवाह बढेपछि न्यूनीकरण गर्न बालबालिकाहरु सक्रिय भएका छन् । प्लान इन्टरनेशनल नेपालले आसमान नेपाल र सिएफ डब्लुसँगको सहकार्यमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा वालिका सम्मेलन तथा समाजमा रहेका कुरीतिलाई निरुत्साहित गर्ने किसिमले समेटेर तयार पारिएको चित्रकलाको प्रदर्शनी कार्यक्रम गरेर बालबालिकालाई सक्रिय बनाएका छन् ।
सप्तरीमा अपहरित मगरको उद्धार
सप्तरीको सुरुङ्गा नगरपालिकाको कडरबोनाबाट सप्तरी प्रहरीले अपहरणमा परेका उदयपुरका एक जनाको सकुशल उद्धार गरेको छ ।
आगलागीबाट सयौं घर जलेर नष्ट
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं. ६ जरलहवा टोलमा बुधबार बिहानैदेखि लागेको भिषण आगलागीबाट सयौं घर खरानी भएको छ ।
अग्निपीडितलाई नगद राहत प्रदान
जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले बुधबार अग्निपीडित १६ परिवारलाई नगद राहत वितरण गरेको छ ।
आगो निभाउँदा दुई जना घाइते
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–६, मिर्जापुरमा आगलागी निभाउने क्रममा दुई जना जलेर घाइते भएका छन् ।
जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव फेला
जनकपुरधामस्थित एक होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ। रामानन्दचौकमा रहेको होटेल होली डे एण्ड गेष्ट हाउसमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको हो।
गस्तीमा गएको प्रहरीकै पेस्तोल हरायो !
इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा १० राउन्ड लोड भएको पेस्तोल हराएको छ।
दुर्घटनामा पत्रकार यादवको मृत्यु
धनुषाको मिथिला नगरपालिका –६, ढल्केबरमा मोटरसाइकल दुर्घटनामा एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका –५, का २८ वर्षीय विनयकुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते
सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् ।
खरबुजा बिक्री नहुँदा लगानी नउठ्ने चिन्ता
गर्मी बढेसँगै सडक किनार तथा बजारमा खरबुजा बिक्री गर्न बसेकाहरूले पहिले झैँ व्यापार नभएको बताएका छन् । दिनानुदिन गर्मी बढिरहँदा सर्लाहीसहित तराईका जिल्लामा पूर्वपश्चिम राजमार्गसहित अन्य प्रमुख सडकका किनार र मुख्य बजार क्षेत्रमा जताततै खरबुजा बिक्री गर्न राखेको देखिन्छ । यसको बिक्री भने सन्तोषजनक नरहेको व्यापारीको भनाइ छ ।
मह उत्पादनमा कमी, कृषक निराश
यो वर्ष महोत्तरीको जङ्गलबाट मह उत्पादनमा कमी आएको छ । माहुरी कृषकका अनुसार मौसमी प्रतिकूलता, सिकारी चराको प्रकोप र रोगव्याधीले गर्दा मह उत्पादन अनपेक्षित रूपले घटेको हो । चौतर्फी व्यवधान आइलागेपछि मौरी कृषक समयअगावै घर फर्किएका छन् । चितवनको खैरेनीबाट मेलिफेरा जातका मौरीका घार लिएर आगन्तुक मह कृषक हरेक वर्ष फागुन महिनातिर महोत्तरीको जङ्गल क्षेत्रमा आउने गर्छन् । फागुन महिनादेखि मधेशका गाउँघरमा लिची र सोहिजनका बोट पनि फुल्ने भएकाले मह कृषकको आकर्षण बढेको हो । मह कृषकहरू २०६४ देखि मौरी चराउन महोत्तरी आउने गरेका छन् ।
नागरिकता नहुँदा गुम्यो जागिर
करिब चार वर्षअघि आफ्नै श्रीमानद्वारा एसिड छ्यापिएकी एसिडपीडित आरती साहको नागरिकता अभावमा जागिर गएको छ । नागरिकता अभावमा मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयमा पाएको जागिर गुमाउनु परेको उहाँले बताउनुभयो ।
धूपबाट सल्किएको आगोले शिवनगरमा तीन पसल जलेर नष्ट
घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका-१ शिवनगरमा तीन पसल जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट विन्देश्वर साहले सञ्चालन गरेको दुई वटा पसल जलेको छ । मिश्रीलाल ठाकुरको हावा भर्ने पसल पनि पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।
सर्लाहीमा ८ हजार बढी बालबालिका अझै विद्यालय बाहिर
राष्ट्रव्यापीरुपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजार बढी विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ ।