• २३ वैशाख २०८१, आइतबार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

blog

जनार्जन खत्री
सर्लाही, वैशाख १४ गते ।
सर्लाहीको लालबन्दी नगरपालिका–४, स्थित जरुवा पानी नजिक रेल्वे ट्रयाकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पुर्नवासबाट जब्दीतर्फ आइरहेको ज ११ प ७५४८ नम्वरको मोटरसाइकल राति ८ः५० बजे निर्माणाधीन रेल्वे ट्रयाकबाट तल खस्दा चालक लालबन्दी नगरपालिका–३, जब्दीका ५० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भइ पल्टिरहेको देखेपछि एक जना अटो चालकले उद्धार गरी लालबन्दी बजारस्थित मोडेल अस्पताल पुर्‍याएका थिए ।

अस्पताल पुर्‍याएपछि चालक चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक चौधरीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय लालबन्दीमा लगेर राखिएको छ ।