गहुँ खेतमा महिलाको शव भेटियो
धनुषाको सहिदनगर नगरपालिका–४, ननुपट्टीस्थित गहुँ खेतमा महिलाको शव फेला परेको छ ।
कालोपत्रे भएपछि राहत
वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सर्लाहीको बबरगन्जदेखि भेल्हीसम्मको सडक कालोपत्रे भएपछि स्थानीय बासिन्दा र यात्रुले राहत पाएका छन् । फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत पर्ने बबरगन्ज–भेल्ही खण्ड लामो समयसम्म अलपत्र अवस्थामा रहँदा सडक छेउछाउ घर भएका स्थानीयवासी र यात्रुले हिउँदयाममा धुलो तथा वर्षायाममा हिलोको सास्ती खेप्दै आएका थिए । अहिले भने उक्त सडक कालोपत्रे भएसँगै धुलो र हिलोको समस्याबाट मुक्ति मिलेको स्थानीयले बताएका छन् ।
मधेश प्रदेशमा सार्वजनिक बिदा
तराई मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।
मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् ।
जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न
जनकपुरधाममा सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ। भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास र बिपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर शनिबार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको हो।
नेपाल भारतबिचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ ।
उत्साहका साथ मनाइँदै चैती छठ
श्रद्धा, भक्ति एवम् धार्मिक सहिष्णुताको रूपमा रहेको चैती छठ पर्व रौतहट जिल्लामा अत्यन्त उत्साह र महत्त्वका साथ मनाउन लागिएको छ ।
सुनसरीमा सिरुवा र जुडसित मनाइँदै
वि.सं. वैशाख १ गते २०८१ सालको पहिलो दिन अर्थात् नयाँ वर्षसँगै सुनसरीको विभिन्न गाउँठाउँमा सिरुवा र जुडशीतल पर्व मनाइँदै छ । मधेशी तथा थारु आदिसावीहरुले नयाँ वर्षको पहिलो दिनदेखि तीन दिनसम्म सिरुवा पर्व मनाइन्छ ।
सलहेस गाथा
लहान नगरपालिकास्थित सलहेस फूलबारीमा वैशाख १ गते आजको दिन भव्य मेला लाग्छ । मेला भर्न नेपालबाहेक छिमेकी भारतका विहार, उत्तरप्रदेश र पश्चिम बङ्गाल राज्यका विभिन्न स्थानबाट धार्मिक पर्यटक परापूर्वकालदेखि आउने गरेका छन् । मधेश प्रदेशको प्रचुर सम्भावना बोकेको धार्मिक पर्यटकीय स्थल सलहेस फूलबारी हाल सिराहा नगरपालिकाको महिसोथा, लहान नगरपालिका–१८ मा रहेको पकडियागढ र लहान नपा–२४ मा रहेको मानिक दह सलहे
महाकुम्भ महोत्सवमा बढ्यो चहलपहल
प्राचीन हरिद्वारका रूपमा रहेको चतराधाममा लागेको एकमहिने बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको आयोजनासँगै यहाँ सर्वसाधारण भक्तजनको चहलपहल बढेको छ । नेपाल र भारतबाहेक भुटान, म्यान्मार, बेलायत, अमेरिका, क्यानडा, बेल्जियम, अस्ट्रेलियालगायतका देशबाट भक्तजन आउने क्रम जारी छ ।
जुडशीतल पर्व
हरेक धर्म, सम्प्रदाय र समुदायमा मनाइने चाडपर्वको आआफ्नै विशेषता हुन्छ । हरेक चाडपर्वको सामाजिक, धार्मिक, सांस्कृतिक महत्व हुन्छ । चाडपर्व पारिवारिक र सामाजिक सम्बन्धलाई बलियो पार्ने तथा नवीकरण गर्ने अर्को सेतु पनि हो । चाडपर्वको महत्वलाई मानव स्वास्थ्यका दृष्टिले पनि हेर्न सकिन्छ ।
विकासका लागि दलगत स्वार्थभन्दा माथि उठौं : उपप्रधानमन्त्री
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यतायातमन्त्री रघुबीर महासेठले दलगत स्वार्थभन्दा माथि उठे मात्र देशको विकास सम्भव हुने बताउनुभएको छ ।
समाजप्रति पत्रकार जबाफदेही हुनुपर्छ : सभामुख मण्डल
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पत्रकारले समाजप्रति जबाफदेही भएर पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको शुक्रबार सम्पन्न १३ औँ साधारण सभाको उद्घाटन सत्रमा उहाँले सो कुरा बताउनुभएको हो ।
सप्तरी पत्रकार महासङ्घमा तालाबन्दी
सदस्यता शुद्धीकरणमा परेको भन्दै आन्दोलनमा उत्रिएका नेपाल पत्रकार महासङ्घ शाखा सप्तरी आबद्ध पत्रकारहरुले महासंघको कार्यालयमा शुक्रबार तालाबन्दी गरेका छन् ।
सीमित खर्चको प्रावधानले सीमा क्षेत्रका पर्यटन प्रभावित
स्थलमार्ग भइ नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले भारु २५ हजार मात्रै ल्याउन पाउने नियमले सीमावर्ती जिल्लाका पर्यटन क्षेत्र प्रभावित भएको छ । बारा, पर्सा जिल्लामा भारतीय पर्यटक लक्षित क्यासिनोसहितका साना ठूला दुई दर्जन होटल सञ्चालनमा छन् ।
प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सरकार जिम्मेवार हुनुपर्छ : पूर्वउपप्रधानमन्त्री निधि
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रतिनिधिसभामा पछिल्लो समय उत्पन्न गतिरोध अन्त्यका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
सवारी दुर्घटनामा ६ जना घाइते
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बर्दीबास प्रहरीले जनाएको छ ।
मिथिलाञ्चलमा चैतीछठोत्सव सुरु
महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको पर्व चैतीछठ विधिपूर्वक प्रारम्भ भएको छ । शुक्रबारदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ छठोत्सव मनाइन्छ ।
‘सडक चौडा पार्न ठुलो चुनौती छ’
सप्तरी जिल्लाका १८ स्थानीय तहमध्ये एक शम्भुनाथ नगरपालिका पूर्वपश्चिम लोकमार्ग र हुलाकी सडकको सुविधा प्राप्त छ । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का तर्फ
खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु
सर्लाहीको ब्रह्मपुरीमा खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ ।
मलङ्गवामा ५३ राउण्ड गोली बरामद
सर्लाही सदरमुकाम मलङ्गवाबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ । नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८, गोरखकालीबाट माटोमुनी गाडेर राखिएको ५३ राउण्ड गोली बरामद भएको हो ।
जनकपुरधाममा सहिद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगिता हुने
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आगामी वैशाख २० देखि २९ गतेसम्म सहिद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
डढेलोले राजमार्गमा तुवाँलो, चालक र यात्रीलाई समस्या
डढेलोबाट निस्किएको धुँवाले वातावरणमा परेको असरको कारण पूर्व-पश्चिम राजमार्गको रौतहट खण्ड तुवाँलोले ढाकेको जस्तो देखिन्छ।
गृहमन्त्री लामिछानेद्वारा गढीमाईमा पूजापाठ
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने बिहीबार बाराको गढीमाई मन्दिरमा पूजापाठ गर्नु भएको छ धनुषाको जनकपुरधामस्थित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रममा सहभागी भई फिर्ता आउने क्रममा बिहीबार बिहान गढीमाताको विधिवत् पूजापाठ गर्नु भएको मूल पुजारी मङ्गल चौधरीले जानकारी दिनुभयो ।