• ८ जेठ २०८१, मङ्गलबार

गहुँ खेतमा महिलाको शव भेटियो

blog

विजयकुमार साह 

ढल्केबर, वैशाख २ गते । धनुषाको सहिदनगर नगरपालिका–४, ननपट्टीस्थित गहुँ खेतमा महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार आइतबार बिहान धनुषाको हंसपुर नगरपालिका–७, की ५५ वर्षीया शुभदेवी मण्डलको शव भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अवाले मृतक महिलाको शरीरको विभिन्न भागमा घाउचोट देखिएकाले कसैले हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो । घटनास्थलमा डग टोलीले अनुसन्धान गरिएको उहाँले जानकारी दिनुभयो । 

ननपट्टी माइत आउनुभएकी मृतक महिला शनिबार साँझदेखि हराइरहनुभएको थियो । खोजतालसको क्रममा हत्या गरेको अवस्थामा उहाँको शव फेला परेको हो ।