• २३ वैशाख २०८१, आइतबार

मलङ्गवामा ५३ राउण्ड गोली बरामद

blog

जनार्जन खत्री

सर्लाही, चैत २९ गते । सर्लाही सदरमुकाम मलङ्गवाबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ । नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८, गोरखकालीबाट माटोमुनी गाडेर राखिएको ५३ राउण्ड गोली बरामद भएको हो । 

सानो हतियार (पेस्तोल) मा प्रयोग हुने गोली बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिनुभयो । 

गोरखकालीस्थित भोलेबाबा अटो पार्टस् एण्ड विजयी रिपेरिङ सेन्टर अगाडि खुल्ला ठाउँमा गरगहना राख्ने सानो ब्यागभित्र हालेर माटोमुनी गाडेको अवस्थामा गोली बरामद भएको प्रहरीले जनाएको छ । गोली राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँले बरामद भएको गोली जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।