• २३ वैशाख २०८१, आइतबार

सर्लाहीको हरिपूर्वामा आगलागी

blog

र्लाहीको हरिपूर्वा नगरपालिका–५, धोबियाहीमा बिहीबार दिउँसोदेखि लागेको आगलागी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, वैशाख १३ गते । 
सर्लाहीको हरिपूर्वा नगरपालिका–५, धोबियाहीमा बिहीबार दिउँसोदेखि भीषण आगलागी भइरहेको छ ।

आगलागीबाट पाँच भन्दा बढी घरमा क्षति भइसकेको बताइएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

यसैगरी, हरिवन नगरपालिका र महोत्तरीको सम्सीबाट दुईवटा दमकल घटनास्थलमा आइपुगेको प्रहरीले जनाएको छ । आगलागी कसरी लाग्यो भन्ने कारण खुल्न सकेको छैन ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले आगलागी नियन्त्रणको प्रयास जारी रहेको बताउनुभयो ।

सुक्खापन र हावाहुरीका कारण तराईमा आगलागीका घटना बढिरहेका छन् । बुधबार मात्रै महोत्तरीको मटिहानीमा आगलागीबाट सयभन्दा बढी घर जलेका थिए ।