सुरक्षा पनि दियो स्मार्ट लाइटले
दोलखाको भीमेश्वर नगरपालिकाले सदरमुकाम चरीकोटको बजार क्षेत्रमा जडान गरेको ‘स्मार्ट लाइट’ले प्रकाशसँगै सुरक्षा पनि दिएपछि स्थानीय व्यवसायी प्रसन्न भएका छन् । सदरमुकामको मुख्य सातादोबाटो र पशुपतिडाँडामा जडान गरिएका लाइटले व्यवसायीलाई सुरक्षित बनाएको छ । सातादोबाटोका व्यवसायी ऋषिप्रसाद न्यौपानेले भन्नुभयो, “बत्तीको उज्यालोले रातभर सुरक्षाको पनि काम गरिदिएको छ । रातिको चोरीचकारीसमेत बन्द भएको छ । न हुलदङ्गा, न झैझगडा; बजार शान्त बनेको छ ।”
गैँडा मार्न विद्युतीय धराप
गैँडा सिकारीले गैँडा मार्ने परम्परागत शैलीमा परिवर्तन ल्याएका छन् । खाग तस्करीका लागि गोली हानेर गैँडा मार्ने परम्परागत शैली परिवर्तन गर्दै तस्करले विद्युतीय धरापलाई गैँडा मार्ने माध्यम बनाउन थालेका हुन् ।
राष्ट्रपति भण्डारीद्वारा चाँगुनारायण मन्दिरमा पूजा एवं अवलोकन
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गर्दै प्रसाद ग्रहण गर्नुभएको छ।
काठमाडौं चक्रपथमा चलाउने भनिएको मोनोरेल अनिश्चित्
काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने भनेको मोनोरेल अब सञ्चालनका लागि भौतिक संरचना नबन्ने भएको छ ।
मौसम अनुकूल रहेकाले हवाई उडान नियमित सञ्चालन
मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
सुशासनका लागि असल राजनीतिक नेतृत्व आवश्यक
बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्माले सुशासनका लागि राजनीतिक नेतृत्वको प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ। प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेशप्रमुख शर्माले स्रोतसाधनको अभावका बीच प्रदेश लोकसेवा आयोग स्थापनाको तीन वर्षमा सम्पादन गरेका कार्यहरू प्रशंसनीय भएको बताउनुभयो। सुशासन कायम गर्न राजनीतिक र प्रशासनिक नेतृत्वलाई आग्रह गर्दै प्रदेशप्रमुख शर्माले राजनीतिक नेतृत्व भ्रष्ट नभए कर्मचारीतन्त्रमा कम भ्रष्टाचार हुने धारणा व्यक्त गर्नुभयो।
रोल्वालिङमा खोलिँदै छ ‘ट्र्याक’
सर्वोच्च शिखर सगरमाथाको पटक–पटक आरोहण गरिसकेका दोलखाका तीन हिमआरोही रोल्वालिङ हिमशृङ्खलाका दर्जनौँ हिमाल आरोहणका लागि ट्र्याक खोल्ने काममा लागेका छन्।
पलाञ्चोक भगवतीको आम्दानी खर्चमा मनपरी
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित ऐतिहासिक पलाञ्चोक भगवती मन्दिरको आम्दानी तथा खर्चको विवरण दुरुस्त नराखेको आरोप लगाइएको छ। पलाञ्चोक कालिका भगवती मन्दिरको पूजा तथा अन्य कार्यको व्यवस्थापनका क्रममा मन्दिरको नाममा सङ्कलित रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले छानबिन समिति गठन गरेको थियो। प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौला संयोजकत्वको छानबिन समितिले मन्दिरको आम्दानी तथा खर्चबारे छा
चितवनमा सिकारीले मार्यो दुई गैँडा
चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा चोरी सिकारीले मारेको अवस्थामा फोला परेको छ ।
जुनार र सुन्तला बिक्री नहुँदा किसान चिन्तित
सिन्धुलीको माझकुभिण्डेका किसानको बगैँचामै अझै पनि लटरम्मै जुनार र सुन्तला छन् । बिक्री हुन नसकेको जुनार र सुन्तलाले किसानलाई चिन्तित बनाएको छ । यस बेलासम्ममा कुल उत्पादनको एक चौथाइ मात्रै बाँकी रहनुपर्ने थियो । यसको उल्टो एक चौथाइ मात्रै बिक्री भएकाले किसान चिन्तित बनेका हुन् ।
‘आदिबासी समुदायको प्रतिनिधित्व आशलाग्दो भएन’
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिकराम शर्मा पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभामा आदिबासी जनजाति समुदायको प्रतिनिधित्व आशलाग्दो हुन नसकेको बताउनुभएको छ ।
जीवन रहुन्जेल स्याङ्बोलाई न्याय दिन सकिएन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लामो समय कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका स्वर्गीय नेता हर्ष स्याङ्बोलाई जीवन रहुन्जेल पार्टीले उचित सम्मान दिन नसकेको बताउनुभएको छ । शुक्रबार रातो घर फाउण्डेसनले पुराना वामपन्थी नेता स्याङ्बो सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो ।
रसुवागढी नाका पुनः बन्द
नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ ।
मिटरब्याजी समस्या समाधान गर्छु: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ। शुक्रवार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।
तीन महिनामा दुई किलोमिटर सुरुङ
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।
द्रुत मार्ग निर्माणमा लापरबाही
काठमाडौँलाई तराईसँग जोड्ने द्रुत मार्ग आयोजना निर्माणका क्रममा निस्कने ढुङ्गामाटो (थिग्रो)का कारण मकवानपुरको बकैया गाउँपालिकाका बस्तीहरू वर्षायाममा जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ । द्रुत मार्ग आयोजनाअन्तर्गत सडक र सुरुङ मार्ग निर्माण गर्ने क्रममा निस्कने ढुङ्गा, माटोलगायतको उचित व्यवस्थापन आयोजना र निर्माण कम्पनीले नगर्दा पालिकामा रहेका खोलानाला तटीय क्षेत्रका बस्तीहरू जोखिममा परी स्थानीयवासी विस्थापित हुने अवस्था देखिएको हो ।
मुग्लिन–नारायणगढ सडक: अपराह्न बन्द गरी काम गरिने
पुल निर्माणका लागि पहाड काट्ने क्रम नसकिएपछि मुग्लिन–नारायणगढ सडकखण्ड पुनः बन्द गरेर काम गरिने भएको छ । एक महिनाअगाडि बन्द गरेर निर्माण गर्दा काम प्रभावकारी भएको र अझै बाँकी रहेकाले बन्द गरी निर्माण कार्य गर्न लागेको नारायणगढ–मुग्लिन सडक योजना कार्यालयका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । यसअगाडि बिहान ११ देखि ३ बजेसम्म बन्द गरिँदै आएको सडकमा समय परिवर्तन गरिएको छ । बिहान ११ बजेबाट बन्द गर्दा काठमाडौँबाट बाहिरिँदा समय असहज भएकाले दिउँसो १२ देखि ४ बजेसम्म बन्द गर्न लागिएको हो ।
नारायणीमा फोहोर नफाल्न सर्वोच्चको आदेश
चितवन महोत्सव गर्नका लागि नारायणी नदी किनारमा फोहोर हालेर खाल्टो पुरेपछि परेको मुद्दामा सर्वोच्च अदालतले प्लास्टिक र मलमूत्रजन्य फोहोर तुरुन्त निकाल्न अन्तरिम आदेश दिएको छ ।
ज्यालामा विभेद, हेपिएको गुनासो
कमलामाई नगरपालिका–२ की २१ वर्षीया खिनमाया मगरको दैनिक गुजारा गाउँघरमा अर्काको मेलापात गर्दै बित्ने गरेको छ । चार वर्षभन्दा बढी समयदेखि गाउँघरमै कृषि मजदुरको काम गर्दै आएकी खिनमाया ज्यालामा भने हेपिने गरेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “गाउँघरमा मेलापात होस् वा अन्य जोखिमपूर्ण काम, हामी पुरुषसरह सँगै एउटै काम गर्छाैं तर ज्याला भने पुरुषको भन्दा झन्डै आधा कम हुन्छ । समान प्रकृतिको एउटै कामको ज्यालामा महिला कामदार हेपिँदै आएका छन् ।”
टुँडीखेलमा तीन दिने ल्होछार महोत्सव हुने
सोनाम ल्होछारको अवसरमा टुँडिखेलमा तीन दिनसम्म विभिन्न सांस्कृतिक प्रस्तुतीसहित कार्यक्रमको आयोजना गरिने भएको छ । सोनाम ल्होछार २८५९ ह्योअी तावर ल्होछार मुल आयोजक समितिद्वारा बिहीबार राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।
प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित
प्रतिनिधिसभा बैठकले माघ १ गते भएको पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक प्रस्ताव पारित गरेको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले सभामुखको आसनबाट राख्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो ।
गोरु संरक्षणका लागि कृषकलाई प्रोत्साहन
गोरुपालन लोप हुन लागेको भन्दै संरक्षणका लागि बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रोत्साहन स्वरूप आर्थिक अनुदान दिन थालेको छ ।
पच्चीस करोडको कारोबार
नारायणी नदी किनारमा आयोजना गरिएको चितवन महोत्सव बुधबार सम्पन्न भएको छ । महोत्सवले २५ करोड रुपियाँको कारोबार गरेको छ । पुस २५ देखि माघ ४ गतेसम्म सञ्चालन भएको महोत्सवमा अपेक्षा गरेअनुसारको दर्शकको उपस्थितिले कारोबार हुन सफल भएको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष एवं १४औँ चितवन महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले जानकारी दिनुभयो ।
पाँच स्थानीय तहमा हिउँदे अधिवेशन
सिन्धुली जिल्लाका नौवटा स्थानीय तहमध्ये पाँच स्थानीय तहले हिउँदे अधिवेशन सम्पन्न गरेका छन् । जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, घ्याङ्लेख गाउँपालिका, तीनपाटन गाउँपालिका र फिक्कल गाउँपालिकाले हिउँदो अधिवेशन (गाउँ/नगर सभा) पुस मसान्तभित्र सम्पन्न गरेका हुन् । हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका र गोलन्जोर गाउँपालिकाले तयारी नपुगेको भन्दै हिउँदे अधिवेशन गर्न बाँकी रहेको जनाएका छन् ।