शान्दार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु
काठमाडौंको कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७ औं स्थानमा
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) सार्वजनिक गरेको छ ।
प्रदेश सरकारद्वारा एम्बुलेन्स भाडादर निर्धारण
बागमती प्रदेश सरकारले बागमती प्रदेशभर सञ्चालन हुने एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ ।
सौराहामा आजदेखि खाना उत्सव
प्रणय दिवसको अवसरमा सौराहामा आजदेखि खाना उत्सव (फुड फेस्टिभल) सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवन (रेवान)को आयोजनामा हरेक वर्ष गरिँदै आएको खाना उत्सवको यो १९औँ सस्करण हो ।
अडिटर्स एसोसिएसनले महाधिवेशन मिति तोक्यो
काठमाडौँ, माघ २९ गते । नेपाल अडिटर्स एसोसिएसनले आफ्नो सातौँ राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले २०८२ जेठ १६ र १७ गते काठमाडौंमा अधिवेशन गर्ने जनाएको हो । बाइसौँ सचिवालयको पूर्ण बैठकले देशैभरका जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गरी महाधिवेशन गर्ने तयारीमा जुटेको एसोसिएसनका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिनुभयो । बैठकले आगामी सातौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि चैत्र १० गतेभित्र जिल्ला अधिवेशन र २०८२ वैशाख १० गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।
अवैध खानी तथा क्रसरको अनुगमन सुरु
विपत्पछि जिल्लामा पुनः सञ्चालन भएका खानी तथा क्रसर उद्योगको स्थलगत अनुगमनका लागि गठन भएको कार्यदलले खानी तथा क्रसर उद्योग अनुगमनको काम सुरु गरेको छ । विपत्पछि अवैध रूपमा
बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचा : बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै
परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेषगरी बृहत् महिला स्वास्थ्य शिविर सञ्चालनमा सेवाप्रदायक संस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति अवलम्बन गर्न थालेको छ ।
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन सरोकार भएकासँग अनुरोध गर्नुभएको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
धरहरा चढ्ने एक घण्टा समय थप, दुई महिनामै एक करोड ५२ लाख राजस्व संकलन
गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।
तिस हजार टन युरिया आयातको टेन्डर
आउँदो धान बालीलाई मलको आपूर्ति व्यवस्था सहज गर्न ३० हजार टन युरिया मल आयातका लागि टेन्डर आह्वान गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार युरिया मलका लागि टेन्डर आह्वान गरेको हो ।
नेपाल–जापान सहयोग सम्बन्धबारे छलफल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ ।
संविधान संशोधन राष्ट्रिय सहमतिमा : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका सन्दर्भमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
दक्ष ‘केयरगिभर’ लैजाने सम्झौता
जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ । नेपाल र जापानका कम्पनीले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी ‘नेपाल–जापान सेवा आदानप्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हो ।
लोपको सँघारमा खरमजुर
नेपालको घाँसे मैदानमा पाइने सुन्दर चरा खरमजुर नेपालमा लोप हुने अवस्थामा पुगेको छ ।
‘व्यावसायिकतामा गोरखापत्र अब्बल छ’
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र राज्यको मिडियाको रुपमा विकसित हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको सोमबार आयोजित पाँचौ अधिवेशनको समुद्घाटन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रेस चौतारी गोरखापत्र अध्यक्षमा सापकोटा
नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा पुनः नगेन्द्र सापकोटा निर्वाचित हुनुभएको छ । उहाँको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।
अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ
बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।
क्षतिग्रस्त बिपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार
सरकार क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग पुनःनिर्माणका लागि सरकार स्रोत जुटाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
गुहाटीमा रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहितको विज्ञ टोली आज गुहाटी पुगेको छ ।
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ
गौरी अनन्त पुरस्कार वितरण
लोक साहित्य परिषद्ले प्रदान गर्दै आएको पाँच पुरस्कारमध्ये गौरी अनन्त सिरपाः सत्यमोहन लोकसाहित्य पुरस्कार बखुंबहालको नेवाः सूचना केन्द्रलाई प्रदान गरिएको छ ।
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ ।