थारू महिला समाजको अध्यक्षमा अनिता
थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित हुनुभएको छ । शनिबार आयोजित छैठौं राष्ट्रिय महाधिवेशनबाट समाजको अध्यक्षमा चौधरी निर्वाचित हुनुभएको हो ।
दक्षिणकालीमा स्कुल बस दुर्घटना : दुईको मृत्यु, ४१ घाइते
काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी वृत्त कीर्तिपुरका अनुसार दुर्घटनामा चालक र एक विद्यार्थीको मृत्यु भएको छ ।
‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौं’
सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सुवेदी, कक्षपती र शर्मा पुरस्कृत
त्रिमूर्ति निकेतनले अठारौँ त्रिमूर्ति दिवस नाट्यसम्राट् बालकृष्ण समको १२३ ओैँ जयन्तीका अवसर पारेर मनायो । उक्त अवसरमा चार जना महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका २०८० सालका पुरस्कार र सम्मान प्रदान गरियो ।
प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाऔं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाउने गरी तयारी गर्न निर्देशन दिनुभएको छ।
अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताउनुभएको छ ।
संसदीय समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन
आइतबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ । आजको बैठकमा विभिन्न कार्यक्रममाथि छलफलसहित प्रस्ताव पारित गरी भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।
नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूको माग
सुगौली सन्धि र सम्झौताअनुसार भर्ती भएका गोर्खाहरूले आफू तथा आफ्ना परिवारहरू आजीवन नेपाली नागरिक नै भएर रहन पाउनुपर्ने माग गरेका छन् ।
जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न सहकार्य अपरिहार्य : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको बताउनुभएको छ ।
भीमेश्वरका बोका व्यवस्थापनमा समस्या
दोलखाको भीमेश्वर नगरपालिका–२, चरीकोटस्थित ऐतिहासिक सहर दोलखाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिर परिसरमा छोडिएका बोका व्यवस्थापन गर्न समस्या भएको छ ।
प्रदेश सरकारले अधिकार नपाएको गुनासो
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले तीन तहका सरकारको तारतम्य मिल्न नसक्दा समस्या बढेको बताउनुभएको छ । बागमती प्रदेश सञ्चार रजिस्ट्रार
भरतपुरका छ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो ।
पहिरोपीडित थामी समुदाय अझै बासविहीन
रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–१, डडुवा पाखाटोलकी सेती थामीको परिवारलाई गत भदौ ८ गते रातिको अबिरल वर्षापछि आएको पहिरोले घरबारविहीन बनायो । पूरै बस्ती नै पहिरोको जोखिममा परेपछि उहाँसहित सिङ्गो पाखाटोल बस्ती नै खाली गर्नुप¥यो । बस्ती नै पहिरोको उच्च जोखिममा परेपछि सेती थामीसहित पाखाटोल र सल्लेटारका २० घरपरिवार पाल टाँगेर जङ्गल तथा सडकमा बस्दै आएका छन् ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा ...
विसं २०१८ को प्रवेशिका (एसएलसी) परीक्षा गोरखा सदरमुकाममा रहेको शक्ति माध्यमिक विद्यालयका लागि अविस्मरणीय रह्यो । त्यस वर्ष कुनै पनि विद्यार्थी एसएलसीमा उत्तीर्ण नभए विद्यालय घटुवामा पर्ने निश्चित थियो । मावि तहको अनुमति नै खारेज हुन सक्थ्यो ।
चितवनमा मिनी ट्रक दुर्घटना : १९ खसी-बोका च्यापिएर मरे
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार आइतबार बिहान ६:३० बजे मिनी ट्रक अनियन्त्रित भएर सडकमा पल्टिएको हो। इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै बर्दियाबाट काठमाडौँतर्फ खसी र बोका लिएर जान लागेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक पल्टिएको हो।
रिग्दी खोलामा असला माछा देखिन छाड्यो
चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ । कुनै समय खोला वरपर बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे ।
‘अर्थतन्त्र सुधारका लागि पहल जारी’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताउनुभएको छ । उहाँले सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गरिरहेको बताउनुभयो ।
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन
सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ ।
‘आगलागीबाट महत्त्वपूर्ण कागजातमा क्षति नभएको’
खानेपानी मन्त्रालयले शनिबार सिंहदरवारस्थित मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ ।
चितवनको सेतिदोभानमा बस दुर्घटना, २४ जना घाइते
नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा आइतबार विहान ४ः४० बजे यात्रुवाहक बस दुर्घटना भएको छ । भरतपुर महानगर पालिका २९ सेतीदोभानमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदैगरेको लुप्र ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर तल खोल्सिमा खस्दा सो दुर्घटना भएको हो ।
वरिष्ठ पत्रकार दाहाललाई सम्मान
ओखलढुङ्गा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ ।
अलपत्र शीतभण्डार सञ्चालन गर्न निर्देशन
बागमती प्रदेश सरकारको करोडौँको लगानीमा निर्माण भएका शीतभण्डारहरू अलपत्र बनेपछि बागमती प्रदेश सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले समयसीमा तोकेर सञ्चालन गर्न निर्देशन दिएको छ ।