संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस भएको छ ।
सालक जोगाउन कृत्रिम देवल
चुच्चेखोला सामुदायिक वनभित्र प्राकृतिक रूपमा धमिराका देवल देख्न कठिन छ ।
प्रविधिमैत्री र जीवनोपयोगी शिक्षा हुनुपर्नेमा जोड
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ११ मा रहेको एन.आर. कलेज १८ औं वार्षिकोत्सवमा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।
धोबीखोलामा ट्याक्सी खस्यो
काठमाडौँ जिल्ला भएर बग्ने धोबीखोलामा एउटा ट्याक्सी खसेको छ ।
बागमती प्रदेश सदस्य सचिव लामालाई राखेको बधाई
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका नवनियुक्त सदस्य सचिव दीपक लामालाई आइतबार बधाई दिँदै स्वागत गर्नुभएको छ ।
महालक्ष्मी साहित्य पुरस्कार अर्याललाई प्रदान गरिने
महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ ।
संसद् अवरोध गर्ने/नगर्नेबारे संसदीय दलको बैठकमा छलफल गरिँदै
नेकपा (माओवादी केन्द्र) ले संसद् अवरोध जारी राख्ने भएको छ ।
‘हवाईसम्बन्धी विधेयक छिट्टै ल्याउनुपर्नेमा जोड’
राष्ट्रयसभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले हवाई व्यवस्थापन गर्न बन्न लागेका ‘नेपाल हवाई सेवा प्राधिकरण, २०७६’ र ‘नेपाल नागरिक उड्डयन विधेयक, २०७६’ यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
जनताको सेवामा लाग्ने मन्त्रीद्वयको प्रण
बानेश्वर बहुमुखी क्याम्पसमा अध्ययन गरेका विद्यार्थी राज्यका विभिन्न उच्च पदमा पुगेर क्याम्पसको गौरव बढाएको भन्दै दुईजना मन्त्रीलाई सम्मानित गरिएको छ ।
अख्तियारका काम कारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ काे वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
सुनको मूल्यमा कीर्तिमान
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।
सञ्चय कोष,नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको दायरा स्पष्ट गर्नुपर्छः जितेन्द्र धिताल
सरकारको सामाजिक सुरक्षाको योजना छ । त्यो नेपालमा कहाँबाट कसरी विकास भयो भनेर हेर्नुपर्ने हुन्छ ।
निर्वाध सदन सञ्चालन गर्न सचेतकहरूसँग परामर्श गर्दै सभामुख
बिनाअवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका निम्ति आमन्त्रण गर्नुभएको छ ।
इन्द्रजात्रा (येँया) विधिवत् रूपमा सुरु (फोटो फिचर)
इन्द्रजात्रा (येँया) आजबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान (बुधबार) ८ः२६ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।
कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन
शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।”
बागमती प्रदेशमा स्वास्थ्य कर्मचारी अभाव
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालयमा दरबन्दीभन्दा निकै कम कर्मचारीको पदपूर्ति भएको पाइएको छ । प्रदेशको स्वास्थ्य मन्त्राल
ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै
आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।
त्रिशूली नदीमा ट्रक खस्यो
भरतपुर २९ मा पर्ने सिमलताल नजिकै ट्रक दुर्घटनामा परेको छ । सिमराबाट काठमाडौँ जाँदै गरेको मालवाहक ना ६ ख ६२८३ नम्बरको ट्रक नारायणगढ मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।
गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण
मुग्लिन (चितवन), भदौ ३० गते । गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरुङले लोकार्पण गर्नुभएको हो ।पुस्तकमार्फत सिकाइ प्रभावकारी हुने देखिएपछि तमू ह्युल छोंज धींले पहिलोपटक पुस्तक प्रकाशन गरेको पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर गुरुङले बताउनुभयो । पुस्तकका लेखक तुलमान गुरुङले गुरुङ भाषामा भेगीय भिन्नता पाइने हुँदा भाषामा एकरूपता नभएको बताउनुभयो ।यसैबिच तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्ले शनिबारदेखि तमू भाषा कक्षा सञ्चालन गरेको छ । गुरुङ समुदायमा आफ्नो मातृभाषा जान्नेहरूको सङ्ख्या कम हुँदै गएपछि यसको संरक्षणको लागि कक्षा नै सञ्चालन गर्नुपरेको ह्युल छोंज धींकी अध्यक्ष विमलादेवी गुरुङले बताउनुभयो । ह्युल छोंज धींले भाषा नजान्नेहरूका लागि गत वर्षदेखि नियमित कक्षा सञ्चालन गर्न थालेको हो । रासस
यस्तो छ आजको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ ।
कीर्तिपुरमा नृत्य महोत्सव
इन्द्रेणी संस्कृति समाज (इसास) को आयोजनामा ६० औँ राष्ट्रिय बालदिवस २०८१ तथा दिवङ्गत नृत्यगुरु हरिकृष्ण दर्शनधारीको १२ औँ स्मृति दिवसमा ‘नृत्य महोत्सव’ को आयोजना गरिएको छ ।
आजको मौसमः भारी वर्षा हुने
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले फेला पार्यो नक्कली घिउ
प्रशंसा कलेक्सन एन्ड रिफाइन उद्योगले नक्कली घिउ बिक्रीवितरण गरेको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा सो नक्कली घिउ फेला पारेको हो ।