सिन्धुलीमा १४ हजारले लगाए एचपिभि खोप
सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहमा पाठेघरको मुख क्यान्सर विरुद्ध प्रयोग हुने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप १४ हजार एक जनाले लगाएका छन् ।
उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन
उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेको छैन । सरकारले उपेक्षित रोगलाई प्रथामिकतामा राख्न नसक्दा बेला बेलामा यस्ता रोग जनस्वास्थ्यको समस्याका रुपमा देखापर्ने गरेको छ ।
मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण
काठमाडौँ महानगरपालिकाले ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण गरेको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबारदेखि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने
निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान सुरु गर्ने भएको छ ।
अगाडि आएको अवसरलाई अधिकतम उपयोग गरौं : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा शिक्षा क्षेत्रमा पहिले भन्दै धेरै सुधार भएको बताउनुभएको छ ।
जलवायु उत्तरदायी बजेट २० प्रतिशत पुर्याइने
राष्ट्रिय योजना आयोगले जलवायु उत्तरदायी बजेटलाई २० प्रतिशत पुर्याउने गरी काम गर्न सबै तहका सरकारलाई सुझाव दिएको छ ।
अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सुनको मूल्य तोलामा दुइ हजार सात सयले घट्यो
स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो ।
क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु
विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ भएको हो । क्षतिग्रस्त १३ किलोमिटरमध्ये आठ दशमलव पाँच किलोमिटर सडक पुनःनिर्माण सुरु भएको हो ।
शालिनदीमा भक्तजन
काठमाडौँ, माघ ३० गते । काठमाडौँको साँखुस्थित शालिनदी क्षेत्रमा बुधबार स्वस्थानी व्रत तथा माधवनारायण मेला भर्न आएका भक्तजनको घुइँचो । प्रत्येक वर्ष एक महिना चल्ने श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेलाको आज समापनको दिन हो । तस्बिरः रासस
राष्ट्र र जनताका पक्षमा काम गर्दै सरकार
सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले राष्ट्र र जनताका पक्षमा काम गर्दै गएको बताउनुभएको छ । सिन्धुलीमाढीमा मङ्गलबार भएको सिन्धुली उद्योग वाणिज्य सङ्घको ३४
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
सङ्घर्ष विष्ट तीस वर्ष अघि पाइलट बन्नका लागि पढाइ गर्न अमेरिका पुग्नुभयो । पाइलट बनेर देशको सेवा गर्ने उहाँको सपना थियो । तर, परिस्थितिले उहाँलाई पाइलट बन्ने भन्दा पनि अन्य क्षेत्रमा लागेर देशको सेवागर्ने अवस्थामा ल्यायो ।
माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।
भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन
प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छायाँ दर्शन पर्व मङ्गलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ । सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ ।
बागमती गोल्डकप आगामी शनिबारदेखि
बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुनेभएको छ ।
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
आज हिंसात्मक अतिवाद रोकथाम दिवस
आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाइने यो अन्तरराष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अतिवादविरुद्ध सचेतना फैलाउने गरेका छन् ।
एकीकृत सूचना प्रणाली विकास गर्न सुझाव
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम र रोजगारसँग जोडिएका सबै सूचना दीर्घकालीन आवश्यकतालाई हेरेर एकीकृत सूचना प्रणालीको विकास गनुपर्ने सुझावसहितको प्रतिवेदन श्रममन्त्री शरतसिंह भण्डारीसमक्ष बुझाइएको छ ।
किवीका लागि शीतभण्डार
किवी फल भण्डारण गर्न जिल्लामा पहिलो शीतभण्डार निर्माण गरिएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१, दहमा किवीका लागि शीतभण्डार निर्माण गरिएको हो ।
राखौँ दुई दिन टिक्दैन बेचौँ पाँच रुपियाँ उठ्दैन
नेपाली किसानले उत्पादन गरेका काउली, बन्दा, गोलभेँडालगायतका तरकारीले बजार र मूल्य नपाउँदा उत्पादक किसान मर्कामा छन् । तरकारी उत्पादनमा लाखौँ लगानी गरेर उत्पादन गरेका तरकारीले भाउ नपाउँदा तरकारी उत्पादक किसान मर्कामा परेका हुन् ।
अर्थमा व्यापक हेरफेर
अर्थ मन्त्रालय र त्यस अन्तर्गतका निकायमा व्यापक हेरफेर गरिएको छ । अर्थ मन्त्रालयका सचिव डा. राजन घिमिरेको ठाउँमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । घिमिरेलाई राष्ट्रपति कार्यालयको सचिवमा सरुवा गरिएको छ ।
राजधानीमै क्रिप्टो कारोबार र अनलाइन बेटिङका अखडा !
सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो समय सट्टेबाजी, क्रिप्टोकरेन्सी कारोबारलगायत आर्थिक अपराधका घटना एकपछि अर्को गरी बाहिरिन थालेका छन् ।
वायु गुणस्तर ‘खतरनाक’
अचानक बढेको चिसोसँगै तुवाँलो बढ्दा काठमाडौँ उपत्यकाको एक क्षेत्रको वातावरण ‘खतरनाक’ रूपले प्रदूषित बनेको छ ।