परराष्ट्रमन्त्री डा. राणा ओमान प्रस्थान
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा ओमान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रेमको स्पर्श
प्रेम भनेको फूलको सुवासजस्तो, न आँखाले देखिन्छ, न हातले समातिन्छ, तर पनि मुटुको कुनामा बसेर मधुर मिठासले मनलाई भरिदिन्छ।
अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
टनकपुर बाँधमा चाँडै पानी छोड्ने नेपाल–भारतबिच सहमति
उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताउनुभएको छ ।
आयोगद्वारा बाल सङ्गठन जग्गामा अनियमिततासम्बन्धी अनुसन्धानको प्रतिलिपि माग
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन भनेको छ ।
‘त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुङ्गा’
नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा भएको बताउनुभएको छ ।
संविधान संशोधनको अगुवाइ पनि कांग्रेसले नै गर्नुपर्छ : कृष्णप्रसाद पौडेल
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सकिएको छैन । त्यसका लागि समयसीमा तोकेर ऐन कानुन तर्जुमा गर्ने तथा प्रदेश र स्थानीय तहलाई बलियो बनाउनेतर्फ हामी क्रियाशील हुनुपर्छ ।
तोलामा चार सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु. ४०० ले बढेको हो ।
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गर्नुभयो ।
एकीकृत समाजवादी : स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ ।
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
राष्ट्रिय बालनाटक महोत्सव सुरु
१६ औँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शन बिहीबारदेखि सुरु भएको छ ।
किवी भण्डारणमा समस्या
दोलखाको शैलुङ गाउँपालिका–३ का किसान हरि कार्कीले यस वर्ष सात हजार केजी किवी उत्पादन गर्नुभएको छ ।
काठमाडौँमा गुड्ने ५४ प्रतिशत सवारीसाधन मापदण्डविपरीत
काठमाडौँ, फागुन २ गते । काठमाडौँ महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ ।कामपाले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र छ सय ९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा चार सय ७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएको जनाएको छ ।कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार कामपाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’, ‘फोहरमैला सङ्कलन तथा ढुवानी कार्यविधि, २०८१’ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीको प्रदूषण परीक्षण गरिएको हो । ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ मा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ । जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ ।तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत [वाइ भोल्युम] हुनुपर्छ । दुई पाङ्ग्रे सवारीको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत [वाइ भोल्युम] हुनुपर्छ । सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि धुवाँको घनत्व [स्मोक डेन्सिटी] अधिकतम ७५ हर्टिज स्मोक युनिट [एचएसयु] हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व [स्मोक डेन्सिटी] अधिकतम ६५ हर्टिज स्मोक युनिट [एचएसयु] हुनुपर्छ ।अहिलेसम्ममा ठमेल, मैतीदेवी, चावहिल, खुसिबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण भएको छ । यसरी फेल हुने सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेका बुलेरो, सामान बोक्ने ट्रकलगायत छन् ।
हेलिकोप्टर उडान–अवतरणमा अवरोध हटाउन माग
खुम्बु क्षेत्रमा रोकिएको हेलिकोप्टर उडान–अवतरण पुनः सञ्चालन गर्न निजी क्षेत्रले आह्वान गरेका छन् ।
पञ्चेश्वरको डिपिआर चाँडो सक्ने सहमति
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सिआर पाटिलबिच भेटवार्ता भएको छ ।
निजामती विधेयक : अतिरिक्त सचिवमा जुटेन सहमति
सरकारले मूल विधेयकमा प्रस्ताव नगरेको र दफावार छलफलमा उपस्थित सरकारकै प्रतिनिधिले आवश्यक नदेखेको अतिरिक्त सचिवको व्यवस्थामा सांसदहरूले पोजिसन बनाउँदा निजामती सेवा विधेयकको प्रस्तावित तहगत व्यवस्थामा सहमति हुन सकेन ।
सामुदायिक रेडियोको भूमिका अब्बल
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट प्रभावित आमजनसमुदायको जिउधनको रक्षा गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।
प्रदेश सभा सचिवसहित नौ जना दोषी
सर्वोच्च अदालतले कोशी प्रदेश सभाका बहालवाला सचिव गोपालप्रसाद पराजुलीसहित नौ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
मलको कालोबजारी रोक्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको कालोबजारी रोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
अब महिनाको दुई पटक मात्रै सरुवा
दैनिक रूपमा हुने कर्मचारी सरुवाले प्रशासनिक अस्थिरता बढ्दै गएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रणाली बदलेको छ ।
आगलागीको चपेटामा पनि महिला
हिउँदको समयमा असावधानीका कारण आगो लागेर धेरै महिलाको ज्यान जाने गरेको छ । घरमा खाना पकाउने चुलोचौकोदेखि पशुपालन र खेतीपातीको झारपात डढाउनेसम्मका काममा महिलाको सहभागिता बढी हुने भएकाले उनीहरू नै जलनमा बढी पर्ने गरेको पाइएको छ ।
मौसम परिवर्तनका कारण पर्ने प्रभाव कम गर्न रेडियोसँग सहकार्य बढाउने
१४ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले विभिन्न निकायसँगको सहकार्यमा आज ललितपुरमा गरेको विशेष कार्यक्रममा उनीहरूले रेडियो अझैँ पनि सूचनाको भरपर्दो माध्यम भएको बताएका हुन्।
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका सचिवलाई बोलाउने आदेश गरेको छ ।