साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर गर्ने सम्भावना
जल तथा मौसमविज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ ।
आँखाको उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुस् : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आँखाको उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
सहकारी छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सो प्रतिवेदन प्रतिनिधि सभाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय होः अध्यक्ष ढकाल
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उद्योग क्षेत्रको समस्या समाधान गर्न सरकार तयार छ : उद्योगमन्त्री
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गर्नुभएको छ ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ ।
महासंघको कार्यवाहक अध्यक्ष विष्टद्वारा राजीनामा
नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि पदबाट राजीनामा दिनुभएको छ । विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै शुक्रबार पदबाट राजिनामा दिनुभएको हो ।
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको बताउनुभएको छ ।
सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि
लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ ।
तनहुँमा पनि स्ट्रबेरीखेती
ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो ।
नुवाकोट दरबार क्षेत्र
भक्तपुर, असोज ४ गते । नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित नुवाकोट दरबार क्षेत्र । तत्कालिन राजा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाउनुभएको यस साततले दरबार क्षेत्रमा दायाँतर्फ भैरवीदेवी मन्दिर र बायाँतर्फ लिच्छविकालीन तुलजा [तलेजु भवानी] को मन्दिर सहित धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वका विभिन्न एक दर्जन सम्पदाहरु रहेका छन् । तस्बिरः रासस
सिद्वपोखरी प्राचीन इन्द्रदह
भक्तपुरको धार्मिक तथा पर्यटकीयस्थल सिद्वपोखरी (प्राचीन इन्द्रदह) । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ ।
घरेलु हिंसा र सामाजिक विभेद कायमै
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाले आयोगले आर्थिक वर्ष २०८०÷८१ मा गरेको कामकारबाहीको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष बुझाएको छ ।
श्वेत भैरवको प्रसाद ग्रहणमा महिला
काठमाडौँ, असोज ४ गते । बिहीबार साँझ श्वेत भैरवको अगाडि महिलाहरूको भीड बाक्लै थियो । विशेष गरी श्वेत भैरव (हाथुद्यः) को मुखबाट निस्कने प्रसाद (छयाँङ) ग्रहणका लागि ठुलो सङ्ख्यामा महिला उपस्थित भएका थिए । जसलाई स्थानीय भाषाबाट हाथु हायेकेगु भनिन्छ । पहिला झन्डै एक दशक अगाडि सम्म इन्द्रजात्राको अवसरमा खुवाइने यो प्रसाद ग्रहणमा महिलाहरू सहभागी गराइँदैन थियो । तर अहिले विशेष गरेर इन्द्रजात्राको पाँचौँ दिन महिलाहरुलागि भनेर छुट्टाइ प्रसाद खुवाउँदै गरिँदै आएको छ ।
प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
स्ट्रबेरी खेती
तनहुँको ऋषिङ गाउँपालिका–७ पुरानोथोकमा गरिएको स्ट्रबेरी खेती । ऋषिङ गाउँपालिकाले परीक्षणका लागि पहिलो पटक स्ट्रबरी खेती गरेको हो ।
वैशाख ७ गते राष्ट्रिय याक दिवस
सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।
भक्तपुरमा वीर अस्पताल बनाउन सहमति
भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयले सहमति जनाएको छ ।
सुपथ मूल्य पसल सुरु, पचास हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
लोकतन्त्रमा आफ्नो स्थान खोजे दलितले
देशभर संविधान दिवस मनाइरहँदा दलित समुदायले भने माइतीघर मण्डलाबाट ‘लोकतन्त्र आयो दलितलाई खोइ ? संविधान आयो दलितलाई खोइ ?’
खाद्य सुरक्षाका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताउनुभएको छ।
भन्सार छलीका डेढ करोड सामानसहित दुई नियन्त्रण
भन्सार छलेर ल्याएका करिब डेढ करोड रुपियाँ बराबरको अवैध सामानसहित दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
संविधान संशोधन कसैको अधिकार कटौती गर्न होइन : कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अधिकार कटौती गरेर संविधान संशोधन नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।