नेपाल निजामती कर्मचारी सङ्गठनमा सर्वसम्मत नेतृत्व चयन
नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी न्यौपाने दाहाल निर्वाचित हुनुभएको छ ।
सत्ताइस लाख लाइसेन्स छाप्न बाँकी
यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको सात महिनामा डेढ लाख प्रति सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ ।
नाफामा जाँदै वन निगम
निरन्तर घाटामा भएको नेपाल वन निगम लिमिटेड पछिल्लो समय नाफामा गएको छ ।
स्ववियु निर्वाचन चैत ५ मा, आयोग, काउन्सिल र महासङ्घबाट अनुगमन
यस पटक चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अनुगमन राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार काउन्सिल र नेपाल पत्रकार महासङ्घबाट हुने भएको छ ।
पिजी अध्ययनमा थप दुई सय एकतिस सिट
चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (पिजी) को अध्ययनका लागि सरकारी स्वास्थ्य संस्थामा २३१ सिट सङ्ख्या थप गरेको छ । आयोगले गत वर्ष स्नातकोत्तर तहमा ७९५ सिट सङ्ख्या निर्धारण गरेको थियो ।
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ । मौसम बदली भए पनि कमजोर प्राणाली विकसित भएकाले पश्चिम क्षेत्रका केही ठाउँमा छिटपुट वर्षा भएको भए पनि ठुलो पानी नपार्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती गोल्डकप : बागमती युवा क्लबको विजयी सुरुवात
पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरे स्थित नवनिर्मित सहिद स्मृति रङ्गशालामा शनिवारदेखि सुरु भएको सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लबले विजय सुरुवात गरेको छ ।
खो खो विश्वकप सहभागीलाई सम्मान
भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो विश्वकप खो खो प्रतियोगितामा रजत पदक विजेता बागमती प्रदेशका तीन जना खेलाडी, म्यानेजर, प्रशिक्षकहरु र सेफ डी मिसनलाई सम्मानित गरेको छ ।
अर्थमन्त्री पौडेलको उपचार सुरु, अवस्था जोखिममुक्त
आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ ।
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यकः नेता रिजाल
नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा डा. रिजालले समावेशीतालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनुभएको हो ।
अध्यादेशहरू छिट्टै पारित हुन्छन् : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरू छिट्टै पारित हुने बताउनुभएको छ ।फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताउनुभएको हो ।
घरबाटै फोहोर व्यवस्थापन
कुहिने फोहोर स्रोतमै व्यवस्थापन गर्ने मल बनाउन लगाउने र सरकारले त्यो मल किनिदिने नीति राज्यले ल्याउन सक्नुपर्छ । जसले फोहोरबाट मल बनाउँछ उसलाई तालिम दिनुपर्छ । फोहोर स्रोत हो भन्ने कुरा प्रत्येक नागरिकलाई बुझाउन सक्नुपर्छ । आम नागरिकले पनि बुझिदिने हो भने फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन घरबाटै सुरु हुन्छ ।
पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताउनुभएको हो ।
शल्य चिकित्सा सेवा लिन विदेशिनेको दर न्यून हुँदैछ : डा. अधिकारी
प्राचिन समयदेखि नै चिकित्साका दुई वटा भाग छन् । एउटा काय चिकित्सा (मेडिसिन) र अर्को शल्य चिकित्सा (शल्यक्रिया) । यसै आधारमा चिकित्सकहरु पनि दुई किसिमका हुन्छन्, फिजिसियन र सर्जन । तर दुवै औषधी उपचारको माध्यमबाट हुने गर्दछ । शल्य चिकित्सामा चिकित्सकको हस्तकौशलको भूमिका हुने गर्दछ भने काय चिकित्सामा औषधोपचार नै सर्वेसर्वा हो ।
‘अल्पसङ्ख्यकमाथि बहुसङ्ख्यकले विभेद गर्नु उचित होइन’
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष तथा सर्लाही क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका रामप्रकाश चौधरीले बहुसङ्ख्यकले अल्पसंख्यकमाथि जहाँ पनि विभेद गर्ने प्रबृत्ति रहेको भए पनि त्यस्तो गर्न नहुने बताउनुहुन्छ । बलियोले कमजोरलाई हेप्ने मानवीय विशेषताजस्तो देखिए पनि त्यो गलत भएको उहाँको भनाइ छ ।
सत्तासाझेदार दलको बैठक जारी
सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष शीर्ष नेता सहितको बैठक प्रधानमन्त्री निवासमा सुरु भएको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका ११ थानाभर्याङ स्थित यातायात कार्यालय अगाडि सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।
बागमती गोल्ड कप आजदेखि
मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आज शनिबारबाट सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय प्रतियोगिता हुँदै छ ।
भरतपुर उत्कृष्ट पालिका घोषित
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई
मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा नेपालकै ठुलो मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । काठमाडौँ विश्वविद्यालय (केयु) ले आफ्नो आन्तरिक स्रोतबाट धुलिखेल नगरपालिका–९, बतासेडाँडामा ‘काठमाडौँ विश्वविद्यालय मानसिक स्वास्थ्य केन्द्र’ स्थापना गरिएको हो ।
ऊर्जाले फेर्दै गाउँको मुहार
दोलखाको सिँगटीबाट लामाबगर जान दुई दशकअघिसम्म त्यति सजिलो थिएन ।
पनौतीका पाटी धेरै नासिए केही जोगाइँदै
पनौतीका फल्चा अर्थात् पाटीमा लहरै बसेर कुराकानी गर्ने, धूप बाट्ने, बत्ती कात्ने, आराम गर्ने गरेको दृश्यले पनौतीको खास पहिचान दिन्छ ।
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि .....
काठमाडौँ, फागुन ३ गते । पर्वत कुश्मा –४ की ९९ बर्षीय विष्णुमति दमाईको खुसीको कुनै सीमा छैन । दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उहाँ अहिले उज्यालो देख्न पाएपछि हर्षित हुनुहुन्छ । उहाँले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुबै आँखाको दृष्टि गुमाउनु परेको थियो । उहाँले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि पुनःसंसार देख्न पाउनुभएको हो ।उहाँले भन्नुभयो “सात–आठ वर्ष अगाडिदेखि आँखाले धुमिल देख्न थालेको थियो । दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भएँ । मलाई विहान बेलुकीको छाक टार्न पनि मुश्किल पर्छ । ” उसो त उहाँको छोरा छोरी कोही नभएकाले हेरचाह नातिनीले गरिरहनुभएको छ । दुई वर्षदेखि पूर्णरुपमा अन्यकै सहरामा जीवन निर्वाह गरिरहनुभएकी विष्णुमतिले पुनःसंसार देख्न पाएपछि खुसि हुँदै आफ्नो शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिँदै भन्नुभयो “अब यो जुनिमा फेरि संसार देख्न पाउछु जस्तो लागेको थिएन, मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखि मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरिर कमजोर भएपनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ तपाई सबै भगवानलाई धन्यवाद ।” नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, रेज होप फाउन्डेशन युकेको आर्थिक सहयोग तथा पर्वतमा रहेका विभिन्न लायन्स क्लबको समन्वयमा प्रदेश अस्पताल कुश्मामा सञ्चालन गरिएको निःशुल्क शिविरबाट विष्णुमति जस्तै १५४ जना मोतिबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया गरिएको थियो । हिमालय आँखा अस्पतालका बाह्यय कार्यक्रम संयोजक सुवाश नेपालका अनुसार पर्वत जिल्लाका विभिन्न ८ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनौट गरिएका १५४ जना मोतिबिन्दुका बिरामीको गत माघ २९ गतेदेखि यही फागुन १ गतेसम्म निःशुल्क शल्यक्रिया गरिएको हो । शिविरकै लागि बेलायतबाट नेपाल आउनुभएका रेज होप फाउन्डेशनका अध्यक्ष डा विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबा आमाको जीवनमा खुसी फर्किएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।सो अवसरमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी ः आँखा सेवामा साझेदारी’ भन्ने मुल नारासहित विभिन्न निकायसँगको सहकार्यमा सङ्घले आफ्नो सञ्जालमार्फत अस्पतालको पहुँचबाट टाढा रहेका नागरिकलाई वार्षिक सयौँ शिविरको आयोजना गरी उपचार सेवा प्रवाह गरिरहेको बताउनुभयो ।उहाँले भन्नुभयो “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभाव तथा पहुँचको अभावका कारणले गर्दा रोग लिएर बसिरहन बाध्य छन् त्यसैले सङ्घले उहाँहरुको घर आगनमै गएर गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।” हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा हरी विक्रम अधिकारीको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको शल्यक्रिया गरेको थियो ।