• १३ वैशाख २०८२, शनिबार

एमाले संसदीय दलको बैठक जारी

blog

प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार सङ्घीय संसद् भवन, नयाँ बानेश्वररमा सुरु भएको संसदीय दलको बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, वैशाख १३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा दलको बैठक प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार सङ्घीय संसद् भवन, नयाँ बानेश्वररमा दलको बैठक भएको हो ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्षले यस अधिवेशनका मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्ने, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानका उपायका लागि खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सम्बोधन गरिरहनुभएको छ । रासस