कांग्रेस महाधिवेशन २०८३ भित्र
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति चौथो वर्षमा कार्यकाल समाल्दै गर्दा १५ औँ महाधिवेशनको बहस चुलिएको छ ।
‘सामाजिक सञ्जाल नियमन गर्नु पर्छ’
सत्ता साझेदार दल, प्रतिपक्षी दल र कानुनविद्ले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा रहेका केही बुँदा परिमार्जन गर्नुपर्ने बताएका छन् ।
तरकारी खाइसकेपछि मात्र आउँछ विषादी परीक्षणको रिपोर्ट
देशकै ठुलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ ।
पत्रकारिता क्षेत्रलाई सुदृढ गर्नुपर्नेमा सरोकारवालाको जोड
पत्रकारिता क्षेत्रलाई सुदृढ गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। पत्रकारिता विभिन्न समस्याले गिजोलिएको भन्दै यसको सुधारका लागि सबै गम्भीर बन्नुपर्ने बताएका हुन्।
प्रदेश खेलकुद विकाससम्बन्धी विधेयक प्रदेशसभाबाट स्वीकृत
बागमती प्रदेशसभाबाट प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक स्विकृत भएको छ ।
राईलाई ‘माउन्टेन ट्रेल रेस’ उपाधि
पाँचौँ लिस्तिकोट दुगुनागढी ‘माउण्टेन ट्रेल रेस’को २०८१ को उपाधि त्रिभूवन आर्मी क्लबका कास राईले जित्नुभएको छ ।
बुद्धिजीवि परिषद् सिन्धुपाल्चोकमा श्रेष्ठ
नेपाल बुद्धिजीवि परिषद् सिन्धुपाल्चोकले नयाँ नेतृत्व प्राप्त गरेको छ । शनिबार सदरमुकाम चौतारामा आयोजित सातौँ जिल्ला अधिवेशनबाट राधाकृष्ण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ-आफ्ना धर्मसंस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताउनुभएको छ ।
नेसपा (नयाँ शक्ति) को महाधिवेशन माघ २७ देखि
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवासमा रहने सदस्यहरूका लागि अनलाइन मतदानको व्यवस्था गरिने भएको छ ।
गोरखापत्रकर्मी नेपाल पुरस्कृत
प्रेस चौतारी चितवनले स्थापना गरेको डा. तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कारबाट गोरखापत्रकर्मी शालिग्राम नेपाल सम्मानित हुनुभएको छ।
समाजवाद निर्माणको मुख्य आधार कृषिः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकुल बनाउने प्रयासमा सरकार
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकुल बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।
नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
कम्बोडिया अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम पेन्हस्थित शान्ति दरबारमा त्यहाँका प्रधानमन्त्री सम्देच मोह बोर्भोर थिपाडेई हुन मानेतलाई भेटेर नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल गर्नुभएको छ ।
जुनार खेतीमा जङ्गली जनावरले दुःख दिएको कृषकको गुनासो
रामेछापका जुनार कृषकहरूले जुनार खेतीमा पनि बाँदर लगायतका जङ्गली जनावरहरूले दुःख दिन थालेको गुनासो गरेका छन् । पाकेको जुनार फल जङ्गली जनावरहरूले नष्ट गरेको कृषकहरूको गुनासो छ ।
कुनै प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।
एमालेसँग एकता गर्ने कुनै सम्भावना छैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग एकता गर्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
शिक्षालाई अब सीपसँग जोड्नुपर्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अब शिक्षालाई सिपसँग जोड्नुपर्ने बताउनुभएको छ । शनिबार निर्भाना एकेडेमीको वार्षिकोत्सव समारोहलाई सम्बाधेन गर्नुहुँदै उहाँले शैक्षिक प्रमाणपत्रसँगै अब अब सिपको प्रमाणपत्र पनि दिन सक्नुपर्ने बताउनुभएको हो ।
ऋण लिनु गलत होइन, सदुपयोग नगर्नु गलत हो : उपाध्यक्ष अधिकारी
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले कार्यान्वयन गर्नै नसकिने योजना बनाउनुभन्दा कार्यान्वयन गर्न सकिने मात्र योजना बनाएर विकास निर्माणमा लाग्न आवश्यक रहेको बताउनुभएको छ ।
खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः ५० लाख बराबरको क्षति
खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।
सातौं नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो फागुन २ देखि काठमाडौंमा
सातौं नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो फागुन २, ३ र ४ गते काठमाडौंमा हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि.फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि. तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा.दि.को संयुक्त आयोजनामा फागुन २, ३ र ४ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।
खानेपानी मन्त्रालयमा लागेकाे आगाे नियन्त्रणमा
काठमाडौँ, माघ २६ गते । काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । उक्त आगाे नियन्त्रणमा आएकाे छ ।सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान ८ः३५ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको राससलाई जानकारी दिनुभयो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।
पनौतीमा माधः हालिगु
पनौतीको त्रिवेणीघाटमा बिहानबिहानै माधः हालिगु (भजन गाउँदै नगर परिक्रमा गर्ने) का समूह भेटिन्छ ।
खानेपानीको सुविधा विस्तार हुँदै
खानेपानीमन्त्री प्रदीप यादवले शुद्ध खानेपानीमा नागरिकको पहँुच वृद्धि गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको सदरमुकाम चौता
एक सातामा पाँच हजारले महँगियो सुन
एक साताको अवधिमा बजारमा सुनको मूल्य तोलामा पाँच हजार तीन सय रुपियाँले बढेको छ ।