नेपाल प्रहरीका ७५ जना डिएसपीमा बढुवा (नामावली सहित)
नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फ ७५ जना प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदका लागि बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै बढुवा सिफारिस हुनेहरूको सूचि प्रकाशित गरेको छ ।
मङ्कीपक्सको जिन ‘सिक्वेन्सिङ’ नेपालमै सम्भव
नेपालमा पहिलो पटक मङ्कीपक्स (एमपक्स) को जिन सिक्वेन्सिङ परीक्षण सम्भव भएको छ ।
सुर्तीको बट्टामा शतप्रतिशत सन्देश अनिवार्य
अबदेखि नेपालमा सुर्तीजन्य पदार्थको हरेक बट्टामा शतप्रतिशत चेतावनीमूलक सन्देश तथा चित्र छाप्नुपर्ने भएको छ ।
निःशुल्क शिक्षा : तिनै तहको लागतमा साझेदारी कोष बनाइने
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ–प्रदेश–स्थानीय साझेदारी कोष स्थापना गर्ने भएको छ ।
शिक्षक छनोट स्तरीय बनाउन सुझाव
सामुदायिक विद्यालयका लागि गरिने शिक्षक छनोट प्रक्रियालाई अझै स्तरीय बनाउन विज्ञहरूले सुझाव दिनुभएको छ ।
बिपी राजमार्ग मर्मतमा जापानको चासो
जापानका सम्राटको ६५ औँ शुभजन्मोत्सव तथा जापानको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि जापानका नवनियुक्त राजदूत माएदा तोरूले शुक्रबार ताहाचलस्थित आफ्नो सरकारी निवासमा समारोह आयोजना गर्नुभयो ।
मन्त्री नै झुक्किँदा रोकियो विधेयक
प्रस्तावक मन्त्री नै संसद्को कार्यविधि र प्रचलित अभ्यासमा स्पष्ट नहुँदा प्रतिनिधि सभामा विधायनसम्बन्धी विधेयक पारितको कार्यसूची स्थगन भएको छ ।
थला परेको कम्पनी जुरुक्क
कोभिड–१९ को विश्वव्यापी महामारीमा नेपालमा सिटामोल, सेनिटाइजर, माक्स जस्ता अत्यावश्यक र न्यूनतम सामग्रीकै अभाव भयो ।
गोरखापत्रका विभागीय प्रमुखहरुलाई ‘एआई’ प्रशिक्षण
गोरखापत्र संस्थानले ‘गर्दैै सिक्दै’ शृङ्खला अन्तर्गत शुक्रबार एआई (आर्टिफिसियल इन्टेलिजेन्स) एप्लिकेशन र यसको इम्प्याक्ट (प्रभाव) बारेमा एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
यो समाजवादी क्रान्तिको संकल्प गर्ने बेला हो : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आएको बताउनुभएको छ। माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
कृषि ऐन ल्याउने सरकारको तयारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताउनुभएको छ ।
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
भारतीय सीमा क्षेत्रबाट अबैधरुपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ ।
‘एउटा मात्रै आवदेन परेकाले सूचना स्थगित गरियो’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘किमाथाङका अरूण जलविद्युत् आयोजना’ र ‘मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना’बारे वित्तीय लगानी आह्वानको आशयपत्र पेस गर्ने सम्बन्धमा एउटा मात्रै आवदेन परेका कारण स्थगित गर्नुपर्नेको स्पष्ट पार्नुभएको छ ।
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो
काठमाडौँको टोखामा साढे १० रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी निर्माण गरिएका संरचना हटाइएको छ ।
अध्ययन संस्कृतिको विकासमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड
पठन संस्कृतिको प्रवद्र्धन गर्न तथा पुस्तकालयको दिगो विकास र संरक्षणमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् ।
आवासीय चिकित्सकलाई समान भत्ता दिने निर्णयको चिकित्सक संघद्वारा स्वागत
सरकारको आवासीय चिकित्सक निर्वाह भत्ता सरकारी आवासीय चिकित्सक सरह बनाउने निर्णयको नेपाल चिकित्सक संघले स्वागत गरेको छ ।
नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश
संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’ कमिटीको बैठकमा नेपाली एकल महिलाको न्यायसम्बन्धी विषयले प्रवेश पाएको छ ।
हात्तीको आक्रमणबाट आठ वर्षमा चार जनाको मृत्यु, ३० घाइते
चितवन राष्ट्रिय निकुञ्ज भित्र कार्यरत कर्मचारी तथा नेपाली सेनामध्ये हात्तीको आक्रमणबाट चार जनाको मृत्यु र ३० जना घाइते भएका छन् । विगत आठ वर्षको अवधिमा यो क्षति भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभयो ।
तीन दिनमा ३९ प्रतिशत किशोरीले लगाए एभपिभी खोप
पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा तीन दिनमा ३९ प्रतिशत किशोरीले खोप लगाएका छन् ।
प्रतिनिधिसभा बैठकमा विधायन विधेयकमाथि छलफल
प्रतिनिधिसभा बैठकमा ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ माथि छलफल भएको छ । शुक्रबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो ।
शीतभण्डार चैत मसान्तसम्म सञ्चालन गर्न लेखा समितिको निर्देशन
बागमती प्रदेश सरकारको करोडौँको लगानीमा निर्माण भएका शीतभण्डार अलपत्र बनेपछि बागमती प्रदेश सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले समय सिमा तोकेर सञ्चालन गर्न निर्देशन दिएको छ।
भरतपुरमा राष्ट्रिय डेरी एक्स्पो
चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको संयुक्त आयोजनामा सुरु भएको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको हो ।
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
दलित समुदायको विशेषाधिकारलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजानुपर्ने बताउनुभएको छ ।