काठमाडौँ, वैशाख १२ गते । पोखरा उपत्यकाका ताल मध्येको दोस्रो ठुलो ताल बेगनास तालमा रहेका जलकुम्भी झार । झार फैलँदा ताल कुरूप हुनुका साथै डुङ्गा सञ्चालनमा समेत समस्या आउन थालेको छ । शुक्रबार बिहान देशका विभिन्न क्षेत्रबाट समाचारदाताले कैद गरेका तस्बिर :
गौशालामा रहेका गाईबस्तु
कञ्चनपुरको बेलडाँगी गाउँपालिका ५ झिलमिलास्थित गौशालामा रहेका गाईबस्तु । विभिन्न स्थानमा छाडा छोडिएका ५०० बढी पशु चौपायाहरू सङ्कलन गरी यहाँ व्यवस्थित रूपमा राखिएको छ ।
रोकाजा गाउँ
रुकुम पश्चिमको आठविसकोट नगरपालिका १ स्थित रोकाजा गाउँ । यहाँ अझैसम्म पनि विद्युत सेवा पुगेको छैन ।
सूर्योदय
पोखराको लेखनाथस्थित बेगनास तालबाट शुक्रबार बिहान देखिएको सूर्योदयको दृश्य ।
बकुल्लाका बथान
सुनसरीको इनरुवा नगरपालिका ९ स्थित किसानको खेतमा आहाराको खोजीमा रहेका बकुल्लाका बथान ।
कबाड सङ्कलन गर्दै
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर १स्थित दुर्गा चोकमा शुक्रबार बिहान बाटो छेउमा कबाड सङ्कलन गर्दै बालकहरू । तस्बिरहरू ः रासस