• १३ वैशाख २०८२, शनिबार

श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच श्रम सम्झौताबारे छलफल

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासमा मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबिच भेटवार्ता । तस्बिर : श्रममन्त्रीको सचिवालय

काठमाडौँ, वैशाख १२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासमा मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबिच श्रम सम्झौता गर्ने सम्बन्धमा छलफल भएको छ ।

शुक्रबार मन्त्रालयमा मन्त्री भण्डारी र भारतको नयाँ दिल्लीस्थित बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख मेसिनोभिकबिच नेपाली कामदार लैजाने विषयमा द्विपक्षीय छलफल भएको हो । उक्त छलफलमा नेपाली कामदारका लागि बोस्निया अवसरको नयाँ गन्तव्य हुने भएको हुँदा द्विपक्षीय श्रम सम्झौताका लागि प्रकृया अगाडि बढाउन चाहेको  मिसन उप्रमुख मेसिनोभिकले प्रस्ताव अगाडि सार्नुभएको थियो ।

छलफलमा मन्त्री भण्डारीले पच्छिलो समय युरोपका विभिन्न देशहरुसँग नेपाली श्रमिकहरुका लागि कामदार लैजाने सम्बन्धमा द्विपक्षीय श्रम सम्झौता तथा गृहकार्यहरु अगाडि बढी रहेको बताउँदै बोस्निया पनि नेपाली कामदारको लागि नयाँ श्रम गन्तव्यको रुपमा नेपाल सरकार श्रम सम्झौता गर्न तत्पर रहेको बताउँदै द्विपक्षीय सम्झौताका लागि प्रकृया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाली श्रमिकहरुलाई आवश्यक तालिम प्रदान गरी दक्षजनशक्तिको रुपमा वैदेशिक गन्तव्यमा पठाउन श्रम मन्त्रालय लागि परेको जानकारी दिनुहुँदै बोस्नियाका लागि आवश्यकताको आधार दक्षजनशक्ति माग भए सोही अनुसार दक्ष जनशक्ति तयार गरी रोजगारीका लागि पठाउने बताउनुभयो ।